
सुन र चाँदीको मूल्य बढ्योGold and Silver Prices Increase in Nepal
काठमाडौँ । नेपाली बजारमा बिहिबार सुन तथा चाँदी दुवैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेर २ लाख ९३ हजार ८ सय रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५१ हजार ८ सय ८५ रुपैयाँ निर्धारण गरिएको छ । चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज ९० रुपैयाँले बढेर प्रतितोला ५ हजार ५० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
Kathmandu. The price of both gold and silver increased in the Nepali market on Thursday. According to the Federation of Nepal Gold and Silver Dealers’ Association, the price of gold rose by Rs. 1,800 per tola compared to the previous trading day, reaching Rs. 293,800 per tola today. On Wednesday, gold was traded at Rs. 292,000 per tola. Likewise, the price of 10 grams of gold has been fixed at Rs. 251,885 today. Silver prices also witnessed an increase. Silver, which was traded at Rs. 4,960 per tola a day earlier, increased by Rs. 90 and reached Rs. 5,050 per tola today, according to the association.




