·
चैत १७ मा सुनचाँदीको मूल्य बढ्यो
Author
NEPSETRADING

चैत १७ गते मंगलबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य उल्लेखनीय रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला ६ हजार ७०० रुपैयाँले बढेर २ लाख ९० हजार २०० रुपैयाँ पुगेको छ, जुन सोमबार २ लाख ८३ हजार ५०० रुपैयाँ थियो। त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १४५ रुपैयाँले वृद्धि भई प्रतितोला ४ हजार ८४५ रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिन ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।



