
सुन र चाँदीको मूल्यमा वृद्धि, चाँदी लगातार उकालोमाGold and Silver Prices Rise, Silver Continues Upward Trend
बैशाख ३१ गते बिहीबार नेपाली बजारमा सुन तथा चाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर तीन लाख दुई हजार ५०० रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला तीन लाख दुई हजार २०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, चाँदीको मूल्य पनि लगातार उकालो लाग्ने क्रममा रहेको छ। बिहीबार चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर पाँच हजार ७४५ रुपैयाँ कायम भएको छ, जबकि बुधबार चाँदी प्रतितोला पाँच हजार ७१० रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै नेपाली बजारमा पनि सुनचाँदीको मूल्य बढ्दो क्रममा देखिएको छ ।
Gold and silver prices increased in the Nepali market on Thursday, Baisakh 31. According to the Federation of Nepal Gold and Silver Dealers’ Association, the price of gold rose by Rs. 300 per tola, reaching Rs. 302,500 per tola. On Wednesday, gold was traded at Rs. 302,200 per tola. Similarly, silver prices also continued their upward trend in the domestic market. Silver increased by Rs. 35 per tola and is being traded at Rs. 5,745 per tola on Thursday, compared to Rs. 5,710 per tola on Wednesday. The steady rise in precious metal prices is believed to be influenced by trends in the international market.




