
नेपालमा सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनायोGold and Silver Prices Set New Records in Nepal
जनवरी २७, २०२६ मा नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ ऐतिहासिक उचाई हासिल गरेको छ। पछिल्ला चार दिनदेखि सुन र चाँदीको मूल्य निरन्तर नयाँ रेकर्ड बनाउँदै बढिरहेको छ। यस दिन सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ र चाँदीको मूल्य तोलामा १०५ रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबारको बजारमा सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो। यस मूल्य रेकर्डलाई ब्रेक गर्दै यस दिन सुनको मूल्यले नयाँ उचाई हासिल गरेको छ।
On January 27, 2026, gold and silver prices in Nepal reached new historical highs. Gold saw a rise of NPR 300 per tola, while silver increased by NPR 105 per tola. The price of hallmarked gold was NPR 309,300 per tola, surpassing the previous market price of NPR 309,000 per tola. This marks a new record in the precious metals market.




