·
नेपाली बजारमा सुन र चाँदीको मूल्य उच्चरूपमा बढ्यो
Author
NEPSE TRADING

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन सोमबारको १ लाख ८९ हजार ८०० रुपैयाँको मूल्यभन्दा प्रतितोला २ हजार ९०० रुपैयाँले बढी हो। पछिल्ला दिनहरूमा सुनको मूल्य निरन्तर बढ्दो क्रममा रहेको अवस्थामा मंगलबार उल्लेख्य उकालो देखिएको हो। त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला ५५ रुपैयाँले बढेर २ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला १ हजार ९९० रुपैयाँमा खरिदबिक्री भएको थियो।