भदौ १७ गते, मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्य निरन्तर नयाँ रेकर्ड कायम गर्दै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले वृद्धि भई २,०५,९०० रुपैयाँमा पुगेको छ। अघिल्लो दिन अर्थात सोमबार सुनको मूल्य प्रतितोला २,०५,३०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी चाँदीको मूल्य पनि लगातार बढ्दै नयाँ उच्च स्तरमा पुगेको छ। मंगलबार चाँदी प्रतितोला १५ रुपैयाँले बढेर २,४८५ रुपैयाँमा कारोबार भएको छ। सोमबारको मूल्य २,४७० रुपैयाँ थियो। पछिल्ला तीन दिनदेखि चाँदीको मूल्य लगातार वृद्धि भई नयाँ रेकर्ड कायम भइरहेको छ।
विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा बढ्दो मूल्य, डलरकोमजबुती र सुरक्षित लगानीप्रति लगानीकर्ताको आकर्षणका कारण नेपाली बजारमा समेत सुन–चाँदीको मूल्य निरन्तर उकालो लागिरहेको हो।





