·

सुनको मूल्य नयाँ रेकर्डमा, चाँदी सामान्य घट्यो

Author

NEPSE TRADING

सुनको मूल्य नयाँ रेकर्डमा, चाँदी सामान्य घट्यो

२०८२  भदौ १८ गते, बुधबार, नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला २ हजार रुपैयाँले बढेर २ लाख ७ हजार ९०० रुपैयाँमा पुगेको छ। मंगलबार छापावाला सुन प्रतितोला २ लाख ५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। लगातार पाँच दिनसम्म सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो। यस्तै, चाँदीको मूल्य भने सामान्य मात्र घटेको छ। बुधबारको बजारमा चाँदी प्रतितोला ५ रुपैयाँले घटेर २ हजार ४८० रुपैयाँमा झरेको छ। मंगलबार २ हजार ४८५ रुपैयाँमा कारोबार भएको चाँदी अझैसम्मकै उच्च मूल्य थियो।

Related News