NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Gold Imports Surge by 580% in the First Four Months of FY 2082/83
    सुन आयातमा ४ महिनामै ५८०% को अप्रत्याशित वृद्धि, मूल्य आकासिँदा पनि खपत घटेन
    Investor
    1 min read
    Published on December 1, 2025
    NEPSE TRADING

    सुन आयातमा ४ महिनामै ५८०% को अप्रत्याशित वृद्धि, मूल्य आकासिँदा पनि खपत घटेनGold Imports Surge by 580% in the First Four Months of FY 2082/83

    चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो चार महिनामा नेपालले अत्यधिक मात्रामा सुन आयात गरेको छ। भन्सार विभागका पछिल्ला तथ्याङ्कअनुसार गत आवको सोही अवधिको तुलनामा सुन आयात ५८० प्रतिशतले वृद्धि भएको हो।

    गत वर्ष साउनदेखि कार्तिक मसान्तसम्म १३२ केजी सुन आयात हुँदा २८ करोड ५५ लाख रुपैयाँ राजस्व संकलन भएको थियो। तर यस वर्ष सोही अवधिमा ९०२ केजी सुन भित्रिएको छ, जसबाट १ अर्ब ५७ करोड २१ लाख रुपैयाँ राजस्व संकलन भएको छ। यसरी सुन आयातका कारण १५ अर्ब ७२ करोड ११ लाख रुपैयाँ देश बाहिरिएको छ — जुन गत वर्षको १ अर्ब ४२ करोड ७५ लाख भन्दा करिब दस गुणा बढी हो।

    कार्तिक महिनामै ३०० केजी आयात, असोज एक्लैले ४०० केजी

    पछिल्ला चार महिनामा आएको सुनमध्ये एक-तिहाइ हिस्सा कार्तिक महिनामा मात्रै भित्रिएको देखिन्छ। कार्तिकमा मात्रै ३०० केजी सुन आयात भएको भन्सार विभागले जनाएको छ।

    यसअघि असोज मसान्तसम्म ६०० केजी सुन आयात भइसकेको थियो। नेपाल राष्ट्र बैंकले असोजको अन्तिम सातादेखि सुन आयात कोटा बढाएर २५ केजी पुर्‍याएपछि कार्तिकमा आयात ह्वात्तै बढेर ३०० केजी पुगेको हो।

    चार महिनामध्ये सबैभन्दा धेरै सुन असोजमा आयात भएको छ। असोजमा मात्र ४०० केजी सुन भित्रिएको व्यवसायीहरू बताउँछन्। दशैं–तिहार लक्षित मागका कारण सो महिनामा आयात बढेको उनीहरूको धारणा छ।
    साउन र भदौ महिनामा भने १००–१०० केजी का दरले सुन आयात भएको थियो।

    मूल्य ५० दिनमै ५८ हजारले बढ्दा पनि खपतमा कमी आएन

    नेपालमा पछिल्ला महिनामा सुनको मूल्य लगातार बढिरहेको छ।
    भदौ ११ गते २ लाख रूपैयाँ को हाराहारीमा रहेको सुन असोज ३१ गते २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो।

    ५० दिनको अवधिमा ५८ हजार रुपैयाँ ले मूल्य बढे पनि बजारको मागमा भने कमी देखिएन। व्यवसायीहरूका अनुसार मूल्य वृद्धि हुँदा पनि उपभोक्ता र व्यापारी दुबै पक्षबाट ‘भविष्यमा अझै महँगो हुन्छ’ भन्ने मनोविज्ञानले माग बढेको हो।

    Nepal has witnessed an unprecedented rise in gold imports in the first four months of the current fiscal year 2082/83. According to the Department of Customs, gold imports have increased by 580% compared to the same period last year.

    In the first four months of last fiscal year, Nepal imported 132 kg of gold, generating Rs. 28.55 crore in revenue. This year, gold imports during the same period surged to 902 kg, resulting in Rs. 1.57 billion in revenue. The total outflow of money spent on gold imports stood at Rs. 15.72 billion, a massive jump from last year's Rs. 1.42 billion.

    300 kg Imported in Kartik Alone; Asoj Leads With 400 kg

    One-third of the total gold imported in the first four months arrived during Kartik. As per customs data, 300 kg of gold was imported in Kartik alone.

    By the end of Asoj, total gold imports had already reached 600 kg. After the Nepal Rastra Bank increased the gold import quota to 25 kg per day in the final week of Asoj, gold imports spiked rapidly in Kartik.

    Among the four months, Asoj recorded the highest import volume with 400 kg of gold. Traders attribute this surge to heavy demand during Dashain and Tihar. In the months of Shrawan and Bhadra, gold imports remained steady at 100 kg each.

    Price Rose by Rs. 58,000 in 50 Days—Yet Demand Remained Intact

    Gold prices in Nepal have been rising sharply in recent months.
    On Bhadra 11, the price of gold stood around Rs. 200,000 per tola. By Asoj 31, the price climbed to Rs. 258,000, an increase of Rs. 58,000 within just 50 days.

    Despite the steep rise, consumer demand did not fall. Traders say the perception that prices would increase even further encouraged people to buy more gold.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026