
आज सुनको मूल्य घट्यो, चाँदी भने केही महँगियोGold Price Dips Today, While Silver Edges Up
काठमाडौँ — नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य भने केही बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २०० रुपैयाँले घट्न पुगेको हो।
महासंघले दिएको विवरणअनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो आइतबार यही सुन प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँमा किनबेच भएको थियो। आजका लागि १० ग्राम सुनको मूल्य भने २ लाख ६६ हजार ५४५ रुपैयाँ कायम गरिएको छ।
सुन ओरालो लागे पनि चाँदीको मूल्यमा आज सामान्य वृद्धि देखिएको छ। प्रतितोला १० रुपैयाँले बढेर चाँदी ५ हजार ३५५ रुपैयाँ पुगेको छ। हिजो जेठ १७ गते चाँदी प्रतितोला ५ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो। महासंघले आजका लागि १० ग्राम चाँदीको मूल्य ४ हजार ५९१ रुपैयाँ तोकेको छ।
Kathmandu — Gold prices saw a slight decline in the Nepali market today, while the price of silver rose marginally. According to the Federation of Nepal Gold and Silver Dealers' Association, gold fell by Rs 200 per tola today.
Per the details released by the federation, hallmarked gold is trading at Rs 310,900 per tola today. The same gold was traded at Rs 311,100 per tola yesterday, Sunday. The price of 10 grams of gold has been set at Rs 266,545 for today.
Although gold edged down, silver saw a modest increase today. Rising by Rs 10 per tola, silver has reached Rs 5,355. Yesterday, on Jestha 17, silver was traded at Rs 5,345 per tola. The federation has fixed the price of 10 grams of silver at Rs 4,591 for today.




