·

तीन दिनमा सुनको भाउ ६ हजार ९ सयले घट्यो

Author

NEPSE trading

तीन दिनमा सुनको भाउ ६ हजार ९ सयले घट्यो

पछिल्लो तीन दिनमा सुनको मूल्य प्रतितोला ६ हजार ९ सय रुपैयाँले घटेको छ। आज मंगलबार थप ४ सय रुपैयाँ मूल्य घटेसँगै नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ प्रतितोला १ लाख ७४ हजार ४ सय रुपैयाँ तोकेको छ। यसअघि गत शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेर प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँ कायम भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको गिरावटको प्रभाव नेपाली बजारमा पनि देखिएको हो। यता, चाँदीको भाउ भने करिब स्थिर रहेको छ। अघिल्लो दिनकै मूल्यअनुसार प्रतितोला १ हजार ८३० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ।

Related News