·

सुनको भाउ एकैदिन तोलामा १,९०० रुपैयाँले घट्यो, चाँदीको मूल्य पनि ओरालो

Author

NEPSE trading

सुनको भाउ एकैदिन तोलामा १,९०० रुपैयाँले घट्यो, चाँदीको मूल्य पनि ओरालो

सुनको भाउ आज एकैदिन तोलामा एक हजार नौ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवnसायी महासङ्घका अनुसार सुनको मूल्य घटेर आज तोलाको एक लाख ७४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। गएको बिहीबार हालसम्मकै उच्च एक लाख ८० हजार तीन सय रुपैयाँ पुगेको सुनको भाउ शुक्रबार तीन हजार नौ सय रुपैयाँले घटेर एक लाख ७६ हजार चार सय रुपैयाँमा झरेको थियो।

यस्तै, चाँदीको भाउ पनि आज घटेको छ। महासङ्घका अनुसार चाँदीको मूल्य ७० रुपैयाँले घटेर तोलाको एक हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदीको भाउ तोलाको एक हजार आठ सय ७० रुपैयाँ रहेको थियो।

Related News