
नेपाली बजारमा दोश्रो दिन लगातार सुनको मूल्य घट्दा चाँदी सामान्य रूपमा बढ्यो Gold Price Drops for Second Day, Silver Sees Slight Rise in Nepali Market
साउन ९ गते, शुक्रबार, नेपाली बजारमा सुनको मूल्य घट्दा चाँदीको मूल्य सामान्य रुपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार, छापावाल सुन आज प्रतितोला १ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको छ, जुन अघिल्लो दिनको तुलनामा ५०० रुपैयाँले घटेको हो। पछिल्ला दुई दिनदेखि सुनको मूल्य लगातार घटिरहेको छ। यता चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर प्रतितोला २ हजार ३४० रुपैयाँमा कारोबार भएको छ, जुन बिहीबार २ हजार ३३५ रुपैयाँ थियो।
On Friday, July 25, 2025, the price of gold in the Nepali market declined while silver saw a slight increase. According to the Federation of Nepal Gold and Silver Dealers’ Association, hallmark gold was traded at NPR 194,700 per tola, marking a drop of NPR 500 from the previous day's rate of NPR 195,200. This marks the second consecutive day of decline in gold prices. Meanwhile, silver rose by NPR 5 per tola, reaching NPR 2,340 compared to NPR 2,335 on Thursday.




