·

सुनको मूल्य घट्यो, चाँदीको बढ्दै

Author

NEPSE TRADING

सुनको मूल्य घट्यो, चाँदीको बढ्दै

साउन १३ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्यमा वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार, छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेर अहिले प्रतितोला १ लाख ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सो मूल्य १ लाख ९३ हजार ६ सय रुपैयाँ थियो।

त्यसैगरी, चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको छ। मंगलबार चाँदी प्रतितोला २ हजार ३ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ, जुन सोमबार २ हजार २ सय ९५ रुपैयाँ थियो। चाँदीको मूल्य लगातार दुई दिनदेखि बढ्दो क्रममा छ।

Related News