·

हालसम्मकै उच्च विन्दुमा सुनको मूल्य, आज प्रतितोला ७०० रुपैयाँले वृद्धि

Author

NEPSE TRADING

हालसम्मकै उच्च विन्दुमा सुनको मूल्य, आज प्रतितोला ७०० रुपैयाँले वृद्धि

काठमाडौं, असोज ६ – सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। आइतबार प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ७०० रुपैयाँले बढ्दै प्रतितोला दुई लाख १७ हजार ८०० रुपैयाँमा पुगेको छ। सुनचाँदी व्यवसायी संघका अनुसार यसले नेपाली बजारमा सुनको मूल्यलाई ऐतिहासिक उच्च स्तरमा पु¥याएको हो। पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढ्नुका साथै स्थानीय बजारमा समेत खरिद दबाब बढेकाले मूल्य निरन्तर बढिरहेको देखिएको छ। यसले सुनमा लगानी गर्ने तथा गहना खरिद गर्ने उपभोक्तामाथि प्रत्यक्ष प्रभाव पार्ने अनुमान गरिएको छ।

Related News