नेपाली बजारमा सुनको मूल्य निरन्तर नयाँ रेकर्ड कायम गर्दै गएको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज छापावाला सुन प्रतितोला ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँमा पुगेको छ। यसअघि सुनको मूल्य १ लाख ९९ हजार रुपैयाँमै कारोबार भईरहेको थियो।
यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ। प्रतितोला १० रुपैयाँले बढेर २३५५ रुपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य १ लाख ७० हजार ९५५ रुपैयाँ पुगेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य २०१९ रुपैयाँ कायम भएको छ।
सुनको मूल्य लगातार बढ्दा रेकर्डमाथि रेकर्ड कायम भइरहेको छ भने चाँदीले पनि सानो तर निरन्तर वृद्धि देखाइरहेको छ।





