·

सुनको मूल्यले तोड्यो नयाँ ऐतिहासिक रेकर्ड, चाँदीको भाउ पनि बढ्यो

Author

NEPSE trading

सुनको मूल्यले तोड्यो नयाँ ऐतिहासिक रेकर्ड, चाँदीको भाउ पनि बढ्यो

स्थानीय बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक उचाइ कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ हजार ७०० रुपैयाँले बढेर १ लाख ८१ हजार १०० रुपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै उच्च हो।

बुधबार सुनको मूल्य २ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ७५ हजार ४०० रुपैयाँ कायम भएको थियो। यसअघि चैत २१ गते सुनको मूल्य १ लाख ८० हजार ३०० रुपैयाँ पुगेर ऐतिहासिक रेकर्ड बनाएको थियो। त्यसपछि केही दिन घट्दै गएको सुनको भाउ आज फेरि ठूलो मार्जिनले उकालो लागेको हो।

सुनको मूल्यमा भएको यो वृद्धिसँगै चाँदीको भाउ पनि बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला १९ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदीको मूल्य १८ सय ३५ रुपैयाँ रहेको थियो।

सुन र चाँदीको मूल्यमा आएको यो उछालले बजारमा चहलपहल बढाएको छ भने व्यवसायी र उपभोक्ताहरूले मूल्यवृद्धिको कारणबारे चासो व्यक्त गरेका छन्।

Related News