नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा, चाँदीको मूल्य पनि बढ्यो
Author
Nepse Trading

नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। पछिल्लो २४ घण्टामा सुनको मूल्यमा एकैपटक ३ हजार ९ सय रुपैयाँको वृद्धिसँगै, आज शुक्रबार प्रति तोला १ लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार सुनको मूल्य प्रति तोला १ लाख ८१ हजार १ सय रुपैयाँ थियो। आजको मूल्य नेपाली बजारमा अहिलेसम्मकै सबैभन्दा उच्च हो, जसले सुनमा लगानी गर्नेहरूलाई उत्साहित बनाएको छ।
यससँगै चाँदीको मूल्य पनि थोरै बढेको छ। बिहीबार प्रति तोला १ हजार ९ सय रुपैयाँमा कारोबार भएको चाँदी, शुक्रबार १ हजार ९ सय ५ रुपैयाँमा पुगेको छ।
विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि, अमेरिकी डलरको उतारचढाव र आर्थिक अनिश्चितताका कारण सुनको मूल्यमा चाप देखिएको हो।