·

सुनको मूल्य बढ्यो, चाँदी घट्यो

Author

NEPSE TRADING

सुनको मूल्य बढ्यो, चाँदी घट्यो

पुस २५ गते, शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। यस दिन सुन प्रतिकित्ता २ हजार १०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको बजारमा सुनको मूल्य प्रतितोला २ लाख ६५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले घटेको छ। आजको बजारमा चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा खरिद बिक्री भइरहेको छ। बिहीबारको बजारमा भने चाँदी प्रतितोला ४ हजार ९३५ रुपैयाँमा खरिद–बिक्री भएको थियो।

Related News