असार ३१ गते, मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन सोमबारको मूल्यसँग समान हो। गत आइतबार भने सो सुन प्रतितोला १ लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
यसैदिन चाँदीको मूल्यमा भने उल्लेखनीय गिरावट आएको छ। सोमबार प्रतितोला २ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज ४० रुपैयाँ घटेर २ हजार २७५ रुपैयाँमा झरेको छ। सोमबारको मूल्य चाँदीको इतिहासमै सर्वाधिक उच्च मूल्य थियो।





