·

सुनको मूल्य स्थिर, चाँदी १० रुपैयाँले घट्यो

Author

NEPSE TRADING

सुनको मूल्य स्थिर, चाँदी १० रुपैयाँले घट्यो

स्थानीय बजारमा आज शुक्रबार सुनको मूल्य अघिल्लो दिन बिहीबारको तुलनामा स्थिर रहेको छ भने चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घ का अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख चार हजार ७०० रुपैयाँ कायम भएको छ। यस्तै, एक तोला चाँदीको मूल्य पाँच हजार ५० रुपैयाँ निर्धारण गरिएको छ।

हिजो बिहीबार पनि छापावाल सुनको मूल्य तीन लाख चार हजार ७०० रुपैयाँ नै थियो भने चाँदीको मूल्य पाँच हजार ६० रुपैयाँ कायम थियो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९९२ अमेरिकी डलर तथा चाँदी ७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारको उतारचढावले स्थानीय बजारमा पनि प्रभाव पार्ने गरेको व्यवसायीहरू बताउँछन्।

Related News