
नेपाली बजारमा सुन घट्यो, चाँदीको मूल्य बढ्योGold Prices Drop, Silver Prices Rise in Nepali Market
बैशाख २७ गते आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला एक हजार रुपैयाँले घटेर दुई लाख ९८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन अर्थात शुक्रबार सुन प्रतितोला दुई लाख ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यता, चाँदीको मूल्य भने प्रतितोला २५ रुपैयाँले बढेको छ। आइतबार चाँदी प्रतितोला पाँच हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत शुक्रबार चाँदीको मूल्य प्रतितोला पाँच हजार २७५ रुपैयाँ रहेको थियो।
On Sunday, Baisakh 27, the price of gold declined in the Nepali market while silver prices increased. According to the Federation of Nepal Gold and Silver Dealers’ Association, gold prices fell by Rs. 1,000 per tola and are being traded at Rs. 298,900 per tola. On the previous trading day, Friday, gold was traded at Rs. 299,900 per tola. Meanwhile, silver prices increased by Rs. 25 per tola. Silver is currently being traded at Rs. 5,300 per tola, compared to Rs. 5,275 per tola on Friday.




