·

सुनको मूल्य वृद्धि, चाँदीले बनायो नयाँ रेकर्ड

Author

NEPSE TRADING

सुनको मूल्य वृद्धि, चाँदीले बनायो नयाँ रेकर्ड

पुस २ गते, बुधबार नेपाली बजारमा सुन तथा चाँदीको मूल्य वृद्धि भएको छ। यस दिन सुन प्रतितोला ७०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य प्रतितोला १७० रुपैयाँले वृद्धि हुँदै हालसम्मकै नयाँ रेकर्ड कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार ७०० रुपैयाँ कायम भएको छ। मंगलबार छापावाल सुन प्रतितोला २ लाख ५९ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि उल्लेखनीय रूपमा बढेको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ५५ रुपैयाँमा खरिद–बिक्री भइरहेको छ, जुन हालसम्मकै उच्च मूल्य हो। मंगलबार चाँदी प्रतितोला ३ हजार ८८५ रुपैयाँमा कारोबार भएको थियो।

Related News