·
सुनको मूल्य बढ्यो, चाँदीको मूल्य घट्यो
Author
NEPSETRADING

चैत २ गते सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ। आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन आइतबारको बजारमा ३ लाख ९ हजार ४०० रुपैयाँ थियो। यता चाँदीको मूल्य भने सामान्य घटेको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर ५ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ, जबकि आइतबार चाँदी प्रतितोला ५ हजार २७० रुपैयाँमा किनबेच भएको थियो।



