सुनको मूल्य ऐतिहासिक उचाइमा, चाँदीको मूल्यमा पनि वृद्धि
Author
NEPSE trading

नेपाली बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ । बुधबार बनाएको कीर्तिमानलाई तोड्दै बिहीबार सुनको मूल्य थप उकालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँमा पुगेको छ । यो मूल्य बुधबारको तुलनामा प्रतितोला ३ हजार ६०० रुपैयाँले बढेको हो । बुधबार छापावाल सुन प्रतितोला १ लाख ८७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । बुधबार प्रतितोला १ हजार ९५५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ५ रुपैयाँ बढेर १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनको मूल्यमा लगातारको यो वृद्धिले बजारमा तरंग ल्याएको छ भने उपभोक्ताहरूमा महँगीको चिन्ता थपिएको छ ।