·

सुनको मूल्य सामान्य बढ्दा चाँदी इतिहासकै उच्च मूल्यमा

Author

NEPSE TRADING

सुनको मूल्य सामान्य बढ्दा चाँदी इतिहासकै उच्च मूल्यमा

बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज प्रतितोला २०० रुपैयाँले बढ्दै २ लाख ५२ हजार १०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन मंगलबार सुन प्रतितोला २ लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १५० रुपैयाँले वृद्धि भएको छ। आजको बजारमा चाँदी प्रतितोला तीन हजार ७५० रुपैयाँमा किनबेच भइरहेको छ, जुन अहिलेसम्मकै उच्च मूल्य हो। मंगलबार चाँदीको मूल्य प्रतितोला तीन हजार ६०० रुपैयाँ थियो। सुनभन्दा चाँदीको मूल्य वृद्धिले बजारमा नयाँ रेकर्ड कायम गरेको व्यवसायीहरूले बताएका छन्।

Related News