
पहिलो पटक तोलाको मूल्य ४ हजार डलर नाघ्यो — सुन नयाँ रेकर्डमा, धातु बजार बलियो तर इक्विटी बजारमा गिरावटGold Surges Past $4,000 for the First Time — Metals Rally While Global Equity Markets Slide
हङकङ । विश्व बजारमा सुनको मूल्य इतिहासमै पहिलो पटक ४ हजार अमेरिकी डलर पार गरेको छ । अमेरिकी ब्याजदर कटौतीको अपेक्षा र अमेरिकी सरकारको आंशिक सटडाउनको चिन्ताले लगानीकर्ताहरू सुरक्षित सम्पत्तितर्फ आकर्षित भएका कारण बुधबार सुनले नयाँ कीर्तिमान कायम गरेको हो ।
विगत केही महिनादेखि टेक कम्पनीहरूको तीव्र मूल्यवृद्धिपछि बजार अत्यधिक मूल्याङ्कनमा पुगेको ठानिँदै आएको छ । यही कारण लगानीकर्ताहरूले जोखिमयुक्त सम्पत्तिबाट पैसा हटाएर सुनतर्फ लगानी बढाएका छन् । विश्वव्यापी आर्थिक अनिश्चितता, अमेरिकाको व्यापार नीति र भू-राजनीतिक तनावबीच सुनमा भरोसा गर्ने क्रम जारी रहँदा सुनको मूल्य यो वर्ष मात्र ५० प्रतिशतभन्दा बढीले बढिसकेको छ ।
फ्रान्समा प्रधानमन्त्रीको राजीनामा र राष्ट्रपति इमानुएल म्याक्रोनमाथिको राजनीतिक दबाबले पनि सुनलाई थप आकर्षक बनाएको विश्लेषकहरू बताउँछन् । लामो समयदेखि अस्थिरताका समयमा सुरक्षित सम्पत्ति (Safe Haven) का रूपमा चिनिँदै आएको सुन बुधबार ४,०३७.१० अमेरिकी डलरसम्म पुगेको छ । साथै, चाँदीको मूल्य पनि आफ्नै रेकर्ड नजिक पुगेको छ ।
अमेरिकी सरकारले केही विभागहरू बन्द गरेपछि लगानीकर्ताहरूमा अनिश्चितता र अविश्वास बढेको छ । यसले विशेषगरी रोजगारी र आर्थिक तथ्याङ्क प्रकाशनमा ढिलाइ गराएको छ र फेडरल रिजर्भको ब्याजदर नीतिमा अन्योल थपेको छ ।
#GoldRecordHigh #GoldPriceUSD4000 #SilverMarket #SafeHavenAssets #USInterestRates #GeopoliticalUncertainty #AsianMarkets #StockMarketDecline #GlobalEconomy #GoldNewsNepal
Hong Kong — Gold prices hit an all-time record on Wednesday, surpassing $4,000 per ounce for the first time in history as investors flocked to safe-haven assets amid expectations of a U.S. interest rate cut and growing concerns over a partial U.S. government shutdown.
The rally comes as investors grow increasingly cautious about the overvaluation of tech stocks, which have soared to record highs in recent months. With global economic uncertainty, U.S. trade policies under President Donald Trump, and rising geopolitical tensions, investors have been seeking safety in gold — driving its price up by more than 50% so far this year.
Political instability in France, including the Prime Minister’s resignation and mounting pressure on President Emmanuel Macron, has further boosted gold’s appeal. Long regarded as a safe-haven asset during periods of volatility, gold surged to a record $4,037.10 per ounce on Wednesday, while silver prices also neared their own record highs.
The closure of several U.S. government departments has heightened investor uncertainty, delaying key employment and economic data releases and complicating the Federal Reserve’s policy decisions on interest rates.
#GoldRecordHigh #GoldPriceUSD4000 #SilverMarket #SafeHavenAssets #USInterestRates #GeopoliticalUncertainty #AsianMarkets #StockMarketDecline #GlobalEconomy #GoldNewsNepal




