
डिजिटल नेपाल ट्रान्सफर्मेसन परियोजनाका लागि सरकार–एडीबीबीच ऋण सम्झौता
काठमाडौँमा अर्थ मन्त्रालय र एसियाली विकास बैंक (एडीबी) बीच ‘डिजिटल नेपाल ट्रान्सफर्मेसन’ परियोजना कार्यान्वयनका लागि सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थसचिव घनश्याम उपाध्याय र एडीबीका कन्ट्री डाइरेक्टर Arnaud Cauchois बीच भएको उक्त सम्झौताले डिजिटल सार्वजनिक पूर्वाधार सुदृढीकरण, सरकारी सेवाको आधुनिकीकरण तथा डिजिटल पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ । World Bank र एडीबीको संयुक्त सहवित्तीयकरणमा सञ्चालन हुने परियोजनामा करिब १० मिलियन अमेरिकी डलर लगानी हुने बताइएको छ । यसअन्तर्गत सुरक्षित डाटा पूर्वाधार निर्माण, साइबर सुरक्षा सुदृढीकरण, राष्ट्रिय परिचयपत्र प्रणाली विस्तार तथा दुर्गम क्षेत्रमा डिजिटल सेवा पहुँच बढाइनेछ । साथै, ई–वेस्ट व्यवस्थापन, वातावरणीय तथा सामाजिक मापदण्ड पालना, श्रमिक सुरक्षा र लैङ्गिक हिंसा रोकथामलाई प्राथमिकता दिइनेछ ।




