सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज (सोमबार) १७ अर्ब ७५ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बोलकबोल गर्न लागेको छ। यसमध्ये ५ अर्ब रुपैयाँ नयाँ ट्रेजरी बिल र १२ अर्ब ७५ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल हुनेछ।
बोलकबोल समय: आज बिहान १० बजे देखि दिउँसो ३ बजेसम्म, अनलाइन माध्यमबाट।
निष्कासन मिति: मंगलबार।
नयाँ ट्रेजरी बिल: ५ अर्ब रुपैयाँ बराबरको १८२ दिने ट्रेजरी बिल।
नवीकरण ट्रेजरी बिल:
५ अर्बको २८ दिने ट्रेजरी बिल।
७ अर्ब ७५ करोडको ९१ दिने ट्रेजरी बिल।
चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म १ खर्ब १५ अर्ब आन्तरिक ऋण उठाउने सरकारी तालिकाअनुसार, यसअघि ३० अर्ब नयाँ ट्रेजरी बिल र ८० अर्ब विकास ऋणपत्र बिक्री मार्फत आन्तरिक ऋण संकलन भइसकेको छ।





