
सरकारद्वारा बीमा प्राधिकरणको महिला सञ्चालकमा राधा पोखरेल नियुक्तGovernment Appoints Radha Pokharel as Female Director of Insurance Authority
सरकारले बीमा प्राधिकरणको रिक्त महिला सञ्चालक पदमा राधा पोखरेललाई नियुक्त गरेको छ। अर्थमन्त्रीस्तरीय निर्णयअनुसार पोखरेललाई आज (चैत १ गते) देखि लागू हुने गरी आगामी चार वर्षका लागि सञ्चालक पदमा नियुक्त गरिएको हो।
पोखरेल यसअघि दुई वर्ष पहिले विशाल बजार कम्पनीको सञ्चालकमा नियुक्त भएकी थिइन्। उनी लामो समयदेखि सेयर बजारमा लगानीकर्ताको रूपमा सक्रिय रहँदै आएकी छिन् र हाल नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष पनि हुन्।
बीमा ऐन २०७९ मा प्राधिकरणको सञ्चालक समितिमा कम्तीमा एक जना महिला सञ्चालक अनिवार्य हुनुपर्ने व्यवस्था रहेको छ। यो व्यवस्था हालसम्म पूर्ण कार्यान्वयनमा आएको थिएन। अर्थमन्त्री विष्णु प्रसाद पौडेलले पोखरेललाई नियुक्त गरेसँगै उक्त ऐनले पूर्णता पाएको छ।
ऐनअनुसार बीमा प्राधिकरणको सञ्चालक समितिमा अध्यक्षसहित पाँच जना सदस्य रहनेछन्। जसमा अर्थ मन्त्रालय र कानुन मन्त्रालयका सहसचिवले सञ्चालकको रूपमा प्रतिनिधित्व गर्नेछन्। साथै, जीवन बीमा र निर्जीवन बीमा क्षेत्रबाट एक/एक जना गरी दुई जना सञ्चालक नियुक्त हुनुपर्ने व्यवस्था छ। पाँच सदस्यीय बोर्डमा एक जना महिला सञ्चालक अनिवार्य रहनुपर्ने प्रावधानअनुसार पोखरेलको नियुक्तिले यो मापदण्ड पूरा भएको छ।
पोखरेलको नियुक्तिलाई बीमा क्षेत्रमा लैंगिक समावेशिता र ऐनको कार्यान्वयनको दिशामा महत्त्वपूर्ण कदम मानिएको छ।
The government has appointed Radha Pokharel as the female director of the Insurance Authority, filling a vacant position. As per the decision at the ministerial level by the Finance Minister, Pokharel has been appointed for a four-year term, effective from today (March 14).
Pokharel was previously appointed as a director of Vishal Bazaar Company two years ago. She has been actively involved in the stock market as an investor for a long time and currently serves as the Chairperson of the Nepal Capital Market Investors’ Association.
The Insurance Act of 2079 BS (2022 AD) mandates the inclusion of at least one female director in the Insurance Authority’s board. This provision had not been fully implemented until now. With Finance Minister Bishnu Prasad Paudel appointing Pokharel, the Act has now been fully enforced.
According to the Act, the Insurance Authority’s board must consist of a chairperson and four directors. The board includes representatives from the Ministry of Finance and the Ministry of Law as joint secretaries. Additionally, one director each from the life insurance and non-life insurance sectors must be appointed, making a total of two directors from these fields. The Act stipulates that among the five-member board, one female director is mandatory.
Pokharel’s appointment is seen as a significant step toward gender inclusion in the insurance sector and the effective implementation of the Act.




