
समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई रकम फिर्ता सुरु, पहिलो दिन ३७८ जनाले पाए बचतGovernment Begins Refund Process for Small Depositors of Troubled Cooperatives
सहकारी व्यवस्थापन समिति ले समस्याग्रस्त सहकारी संस्थाका साना बचतकर्ताको रकम फिर्ता प्रक्रिया सुरु गरेको छ । समितिका अनुसार सोमबार पहिलो दिन ३७८ जना बचतकर्तालाई कुल १३ लाख ९९ हजार रुपैयाँभन्दा बढी रकम फिर्ता गरिएको हो ।
सरकारले पहिलो चरणमा १० हजार रुपैयाँभन्दा कम बचत भएका बचतकर्तालाई प्राथमिकतामा राखेर रकम फिर्ता सुरु गरेको जनाएको छ । रकम फिर्ता हुनेमा कान्तिपुर सहकारी का २१५, शिव शिखर बहुउद्देश्यीय सहकारी का १५६ र पशुपति सहकारी का सात जना बचतकर्ता रहेका छन् ।
समस्याग्रस्त सहकारीमा हाल करिब ७६ हजार बचतकर्ताको झन्डै ४६ अर्ब रुपैयाँ फसेको अनुमान गरिएको छ । तीमध्ये अधिकांश साना बचतकर्ता रहेको समितिको भनाइ छ । समितिले पाँच लाख रुपैयाँसम्म बचत गर्ने बचतकर्तालाई साना र त्यसभन्दा माथिका बचतकर्तालाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरेको छ ।
सरकारले बचत फिर्तालाई तीव्र बनाउन समस्याग्रस्त सहकारीका ऋणीबाट रकम असुली प्रक्रिया पनि अगाडि बढाएको जनाएको छ । हालसम्म दुई करोड रुपैयाँभन्दा बढी ऋण असुल भइसकेको र ठूला ऋणीबाट रकम उठाएर क्रमशः बचतकर्तालाई फिर्ता गरिने सरकारको योजना रहेको छ ।
Cooperative Management Committee has started returning savings to small depositors affected by troubled cooperative institutions. According to the committee, a total of 378 small depositors received refunds on Monday, the first day of the distribution process, with payments totaling more than Rs. 1.39 million.
The government has prioritized depositors with savings below Rs. 10,000 in the initial phase of the refund process. Among those receiving payments were 215 depositors from Kantipur Cooperative, 156 from Shiva Shikhar Multipurpose Cooperative, and seven from Pashupati Cooperative.
Authorities estimate that around Rs. 46 billion belonging to nearly 76,000 depositors remains trapped in problematic cooperatives across the country. Most of the affected individuals are small depositors. The committee has classified depositors with savings of up to Rs. 500,000 as small depositors, while those with larger amounts fall under the large depositor category.
The government has also intensified efforts to recover loans from borrowers linked to troubled cooperatives in order to speed up the refund process. Officials said more than Rs. 20 million has already been recovered from borrowers, and the plan is to continue collecting dues from large debtors and gradually return funds to affected savers.




