
ग्रे लिस्टबाट नेपाललाई बाहिर निकाल्न सरकार प्रतिबद्ध : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेGovernment Committed to Removing Nepal from FATF Grey List: Finance Minister Dr. Swarnim Wagle
अर्थमन्त्री Dr. Swarnim Wagle ले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा मंगलबार अर्थ मन्त्रालयमा आयोजित एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ (एपीजी) अन्तर्गतको इन्टरनेसनल कोअपरेसन रिभ्यु ग्रुप (आइसिआरजी) कार्ययोजनासम्बन्धी छलफलमा उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।
एपीजीका प्रतिनिधिसँगको छलफलमा अर्थमन्त्री डा. वाग्लेले नेपाललाई ‘जुरिसडिक्सन्स अण्डर इन्क्रिज्ड मोनिटरिङ’ अर्थात् ग्रे लिस्टबाट मुक्त गराउन सरकारले सबै सम्भव उपाय अपनाइरहेको बताए । उनले सुशासन स्थापना र विकास प्रक्रियालाई तीव्रता दिने कामलाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै जनताले पनि त्यसको अनुभूति गर्न थालेको दाबी गरे ।
उनका अनुसार ग्रे लिस्टबाट बाहिरिन आवश्यक तत्कालीन तथा दीर्घकालीन सुधारका काम सम्बन्धित निकायहरूले अघि बढाइरहेका छन् । ती कार्यहरूको नियमित अनुगमन र मूल्याङ्कन भइरहेको जानकारी दिँदै उनले अघिल्लो समीक्षा अवधिको तुलनामा नेपालका सूचकहरूमा सुधार देखिएको बताए ।
कार्यक्रममा एपीजीका उपकार्यकारी सचिव David Shannon ले भने नेपालले अझै धेरै सुधारका काम पूरा गर्न बाँकी रहेको टिप्पणी गरेका थिए । छलफलमा अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, Nepal Rastra Bank लगायत विभिन्न निकायका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो ।
वित्तीय कारबाही कार्यदल (एफएटीएफ) ले २०८१ फागुनमा नेपाललाई दुई वर्षका लागि ग्रे लिस्टमा राखेको थियो । त्यसपछि नेपालले १५ बुँदे सुधार कार्ययोजना कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै कानुनी, संस्थागत र निगरानी प्रणाली सुधारका काम अघि बढाइरहेको छ ।
Nepal’s Finance Minister Dr. Swarnim Wagle has said the government is fully committed to removing the country from the anti-money laundering grey list and is prepared to use all possible measures to achieve that goal.
Speaking at a discussion held Tuesday at the Ministry of Finance under the coordination of the Office of the Prime Minister and Council of Ministers, the minister said Nepal was actively implementing reforms under the action plan of the International Cooperation Review Group (ICRG), which operates under the Asia Pacific Group on Money Laundering (APG).
During the meeting with APG representatives, Dr. Wagle stated that the government was prioritizing good governance, transparency, and institutional reforms to strengthen Nepal’s financial system. He said the public had already started to feel the impact of governance-related reforms introduced after the formation of the new government.
The finance minister also noted that concerned agencies were continuously working on both immediate and long-term measures required for Nepal’s removal from the “Jurisdictions Under Increased Monitoring” list, commonly known as the grey list. According to him, Nepal’s performance indicators have shown improvement compared to the previous review period.
At the same event, David Shannon, Deputy Executive Secretary of the APG, remarked that Nepal still has significant work left to complete before exiting the grey list. Officials from the Ministry of Finance, the Office of the Prime Minister and Council of Ministers, and Nepal Rastra Bank, among other agencies, participated in the discussion.
The Financial Action Task Force (FATF) had placed Nepal on its grey list in Falgun 2081 BS for a two-year period. Since then, Nepal has been working on a 15-point reform action plan aimed at strengthening anti-money laundering controls, financial monitoring mechanisms, and regulatory compliance.




