सरकारले राष्ट्रिय कर दिवसको अवसरमा उत्कृष्ट करदाताहरुलाई सम्मान
Author
NEPSE TRADING

आज मंसिर १ गते राष्ट्रिय कर दिवस को अवसरमा सरकारले १६ विधामा उत्कृष्ट करदाताहरुलाई सम्मान गरेको छ। आर्थिक वर्ष २०८१/८२ मा अधिकतम कर तिर्ने १७ विधाका व्यक्ति र कम्पनीहरुलाई सम्मानित गरिएको हो।
नेपाल सरकारले २०५४ मंसिर १ गते मूल्य अभिवृद्धि कर ऐन लागू गरेको दिनको स्मरणमा प्रत्येक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउँदै आएको छ। यस वर्ष कर दिवस मनाउन थालेको १३ वर्ष पूरा भएको छ।
यस्ता उत्कृष्ट करदाताहरुको सम्मान सूची यस प्रकार छ:
सबैभन्दा बढी आयकर तिर्ने - नेपाल दूरसञ्चार प्राधिकरण
एकलौटी फर्महरू - थाइ आइ इन्टरनेशनल
वस्तुगत तर्फ - डाबर नेपाल
सूचना प्रविधि तर्फ - भेरिक्स नेपाल प्रालि
निर्यात कारोबार - डाबर नेपाल प्रालि
कृषि एवम् पशुजन्य - पोषक ब्रिडर
बैंक तथा वित्तीय संस्था - नेपाल इन्भेष्टमेन्ट बैंक
स्वास्थ्य तथा शिक्षा - नोबेल मेडिकल कलेज
पर्यटन - सोल्टी होटेल
वस्तु व्यापार - भाटभटेनी सुपरमार्केट
मध्यस्तरीय करदाता - सिडियस एण्ड क्लियरिङ लिमिटेड
ऊर्जा - भोटेकोसी पावर कम्पनी
रेमिटेन्स - आइएमई
व्यक्तिगत आयकर - राजबहादुर साह
मूअक समयमा तिर्ने - नेपाल दूरसञ्चार कम्पनी लिमिटेड
५० करोडभन्दा बढी कारोबार गर्ने - भिएफ सर्भिसेज
विशेष उद्योग - युनिलिभर नेपाल
यस सम्मानमार्फत उत्कृष्ट करदाताहरुलाई सरकारले राष्ट्रको समृद्धिमा योगदान पुर्याएको भन्दै कदर गरेको छ।



