·
सरकारद्वारा सार्वजनिक यातायात भाडा वृद्धि, इन्धन मूल्य वृद्धिसँग समायोजन
Author
NEPSE TRADING

सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवसायीको मागअनुसार भाडा बढाउने सहमति दिएको हो । मध्यपूर्वी क्षेत्रमा भएको युद्ध र त्यसपछिको इन्धन मूल्य वृद्धिका कारण व्यवसायीहरूले बारम्बार भाडा समायोजनको माग गर्दै आएका थिए। यातायात व्यवस्था विभागले भाडा सिफारिस गरेर मन्त्रालयमा पठाएको थियो र भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले सैद्धान्तिक सहमति दिएपछि भाडा वृद्धि गरिएको हो। नयाँ भाडा अनुसार यात्रुबाहक सवारीमा १६.७१ प्रतिशत, पहाडी क्षेत्रका मालबाहक सवारीमा २१.६८ प्रतिशत र तराइ क्षेत्रका मालबाहक सवारीमा १५.७५ प्रतिशतसम्म वृद्धि गरिएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले भाडा तीन चरणमा वर्गीकरण गरेर वृद्धि गरिएको जानकारी दिएका छन्।



