
भुक्तानी रोक्नुअघि एकै दिन सरकारले गर्यो ३३ अर्ब खर्चGovernment Spends Over Rs 33 Billion in a Single Day Before Payment Freeze
काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को नियमित सरकारी भुक्तानी बन्द हुनुअघि सरकारले एकै दिन ३३ अर्ब १६ करोड रुपैयाँभन्दा बढी खर्च गरेको छ। आर्थिक वर्ष सकिनुभन्दा एक साता अगाडि नियमित भुक्तानी रोक्ने व्यवस्था लागू हुनुअघि असार २५ गते ठूलो रकम निकासा भएको हो।
महालेखा नियन्त्रक कार्यालयका अनुसार उक्त दिन चालु खर्चतर्फ १२ अर्ब ४२ करोड रुपैयाँ, पुँजीगत खर्चतर्फ १८ अर्ब ३९ करोड रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ २ अर्ब ३५ करोड रुपैयाँ भुक्तानी भएको छ। त्यसपछि नियमित भुक्तानी प्रणाली बन्द गरिएको छ।
चालु आर्थिक वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो। जसमध्ये असार २५ गतेसम्म १५ खर्ब ६५ अर्ब रुपैयाँ खर्च भएको छ, जुन कुल बजेटको ७९.६९ प्रतिशत हो।
सरकारी खर्चमा विकास निर्माणसँग सम्बन्धित पुँजीगत शीर्षक भने कमजोर देखिएको छ। पुँजीगत खर्चका लागि छुट्याइएको ४ खर्ब ७ अर्ब रुपैयाँमध्ये हालसम्म १ खर्ब ८१ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ। यो कुल पुँजीगत बजेटको ४४.५१ प्रतिशत हो।
वर्षभर सुस्त रहेको पुँजीगत खर्च अन्तिम महिनामा आएर बढेको देखिएको छ। जेठ मसान्तसम्म ३२.५३ प्रतिशत रहेको पुँजीगत खर्च असार महिनामा मात्रै करिब ४९ अर्ब रुपैयाँले बढेको छ।
यता, नियमित प्रशासनिक कामसँग सम्बन्धित चालु खर्च भने तुलनात्मक रूपमा उच्च देखिएको छ। चालु खर्चतर्फ विनियोजित ११ खर्ब ८० अर्ब रुपैयाँमध्ये १० खर्ब ४२ अर्ब रुपैयाँ खर्च भएको छ, जुन ८८.३ प्रतिशत हो।
सरकारले असार महिनामा मात्रै २ खर्ब १८ अर्ब रुपैयाँभन्दा बढी बजेट खर्च गरेको छ। वर्षको अन्तिम समयमा खर्च बढ्ने पुरानै प्रवृत्ति यस वर्ष पनि दोहोरिएको देखिएको छ।
असार अन्तिममा हुने अत्यधिक खर्च नियन्त्रण गर्न सरकारले आर्थिक वर्ष समाप्त हुनुभन्दा सात दिनअघि नियमित भुक्तानी रोक्ने व्यवस्था गरेको हो। तर, वर्षको अन्तिम समयमा मात्रै विकास खर्च बढ्ने प्रवृत्तिले सार्वजनिक वित्त व्यवस्थापनमा प्रश्न उठाउँदै आएको छ।
Kathmandu: The government spent more than Rs 33.16 billion in a single day before the closure of regular payment transactions for the fiscal year 2026/27. A large amount was released on Ashadh 25, just before the government payment system was suspended as required by law one week before the end of the fiscal year.
According to the Office of the Financial Comptroller General, payments made on that day included Rs 12.42 billion under recurrent expenditure, Rs 18.39 billion under capital expenditure, and Rs 2.35 billion under financial management.
Following the deadline, regular government payment processes have been suspended. Only limited transactions permitted under the Financial Procedures and Fiscal Responsibility Regulations can now be processed.
The government had allocated a total budget of Rs 1.964 trillion for the current fiscal year. By Ashadh 25, total expenditure had reached Rs 1.565 trillion, representing 79.69 percent of the total budget allocation.
Capital expenditure, which directly supports infrastructure and development activities, remained weak throughout the year. Out of the allocated capital budget of Rs 407.88 billion, only Rs 181.56 billion has been spent, accounting for 44.51 percent of the total allocation.
However, capital spending accelerated sharply during the final month of the fiscal year. Capital expenditure, which stood at Rs 132.66 billion by the end of Jestha, increased by nearly Rs 49 billion in Ashadh alone, reflecting the continued trend of pushing development spending toward the end of the fiscal year.
Recurrent expenditure performance was comparatively stronger. The government spent Rs 1.042 trillion out of the allocated Rs 1.180 trillion under recurrent expenditure, achieving 88.3 percent utilization.
Similarly, expenditure under financial management reached Rs 340.72 billion against an allocation of Rs 375.24 billion, representing around 90.8 percent utilization.
The government spent more than Rs 218 billion in Ashadh alone, significantly increasing the overall budget execution rate from 69.56 percent at the end of Jestha to nearly 79 percent by the end of the fiscal year.
The government has introduced a provision to stop regular payments seven days before the fiscal year closes to control excessive year-end spending and improve financial discipline. However, the repeated pattern of slow development spending throughout the year followed by a sudden rise in the final month continues to raise concerns over the effectiveness of public financial management.



