
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी तीव्रGovernment Steps Up Efforts to Revive Hetauda Textile Industry
हेटौँडा — दुई दशकभन्दा बढी समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने तयारी तीव्र पारिएको छ। सरकारले उद्योग पुनर्जीवनलाई प्राथमिकतामा राखेपछि सम्बन्धित निकायहरूले स्थलगत निरीक्षण र आवश्यक तयारीलाई गति दिएका छन्।
२०५७ सालदेखि उत्पादन बन्द भएको उद्योगको अवस्था, संरचना र उपकरणबारे पछिल्ला दिनमा विभिन्न सरकारी टोलीले अध्ययन गरेका छन्। प्रारम्भिक मूल्यांकनअनुसार उद्योगमा रहेका अधिकांश उपकरण सामान्य मर्मतपछि सञ्चालनयोग्य अवस्थामा रहेको बताइएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि उद्योग पुनः सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ। सरकारले आगामी आर्थिक वर्षभित्र उद्योग सञ्चालनमा ल्याउने लक्ष्य राख्दै सम्बन्धित पूर्वाधार र आपूर्ति शृंखलालाई समेत सक्रिय बनाउने तयारी गरेको छ।
लामो समय उपेक्षामा परेको उद्योग परिसर अहिले सुरक्षा निकायको निगरानीमा सुरक्षित रहेको छ। सरकारी चासो बढेसँगै उद्योग परिसरमा सरसफाइ तथा व्यवस्थापनका कामसमेत सुरु गरिएका छन्।
Hetauda — The government has intensified efforts to bring the long-shuttered Hetauda Textile Industry back into operation, with officials increasing field inspections and preparations for its revival. The state-owned factory has remained closed since 2000 despite several unsuccessful attempts to restart it over the years.
Recent assessments by government agencies indicate that much of the industry's machinery and infrastructure remain in usable condition and could be restored with necessary repairs. Authorities have been reviewing the facility's operational readiness as part of the revival plan.
The Ministry of Industry, Commerce and Supplies has also shown renewed interest in the project, with officials conducting site visits and discussions on reopening the factory. The government has stated that it aims to restart the industry during the upcoming fiscal year.
As part of the broader revival initiative, related industries linked to textile production, including yarn and cotton-processing facilities, are also being considered for reactivation. Security and maintenance activities have already been strengthened at the industrial premises, reflecting growing government commitment to the project.



