NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Government Tightens Real Estate Transactions: Bank Statements & KYC Now Mandatory
    घरजग्गा कारोबारमा अनिवार्य बैंक स्टेटमेन्ट र विद्युतीय कारोबार प्रणाली लागू
    Investor
    2 min read
    Published on June 4, 2025
    NEPSE trading

    घरजग्गा कारोबारमा अनिवार्य बैंक स्टेटमेन्ट र विद्युतीय कारोबार प्रणाली लागूGovernment Tightens Real Estate Transactions: Bank Statements & KYC Now Mandatory

    सरकारले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण गर्नका लागि अबदेखि घरजग्गा खरिद–बिक्री गर्दा कडा प्रावधान लागू गर्ने भएको छ। अबदेखि घरजग्गा कारोबार गर्दा खरिदकर्ता र बिक्रीकर्ताको बैंक स्टेटमेन्ट र केवाइसी फारम अनिवार्य रुपमा पेश गर्नुपर्नेछ।

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मनी लाउन्डरिङ्ग निवारण ऐन २०६४ को दफा ७ (न) को उपदफा (२) अनुसार सम्पत्ति शुद्धीकरण तथा आतंकी क्रियाकलाप नियन्त्रणसम्बन्धी निर्देशन २०८२ जारी गर्दै यो व्यवस्था लागू गरेको हो। मालपोत तथा भूमिसुधार कार्यालयहरूलाई पनि कार्यान्वयनका लागि निर्देशन दिइसकिएको छ।

    अबदेखि १० लाख रुपैयाँभन्दा बढीको घरजग्गा कारोबार गर्दा बैंकिङ प्रणाली वा विद्युतीय भुक्तानी प्रणालीमार्फत मात्र लेनदेन गर्नुपर्नेछ।

    • १० लाख – ५० लाख सम्मको कारोबार बैंकिङ वा विद्युतीय प्रणालीमार्फत गर्नुपर्नेछ।

    • ५० लाखभन्दा बढीको कारोबार चेक वा विद्युतीय प्रणालीमार्फत सोझै गर्नुपर्नेछ।

    • गुड फर पेमेन्ट चेक मार्फत मात्र कारोबार गर्न पाइनेछ।

    १० लाखभन्दा बढीको कारोबार भएमा,

    • खरिदकर्ताको खाताबाट रजिष्ट्रेशन शुल्क तिर्नुपर्नेछ।

    • बिक्रीकर्ताको खाताबाट लाभकर तिरेर सम्बन्धित राजस्व खातामा जम्मा गर्नुपर्नेछ।

    स्थानीय तहबाट प्रमाणित बैनावट्टा पेश गर्दा पनि अब खरिदकर्ताको खाताबाट बिक्रीकर्ताको खातामा पैसा गएको प्रमाण (बैंक स्टेटमेन्ट) पनि संलग्न गर्नुपर्नेछ।

    कुनै पनि व्यक्तिले एक दिनमा एकपटक वा पटक–पटक गरेर ३ करोड रुपैयाँ वा त्योभन्दा बढीको घरजग्गा कारोबार गरेमा, त्यो विवरण राष्ट्र बैंकको वित्तीय जानकारी इकाइमा अनिवार्य रूपमा पठाउनुपर्नेछ।

    कारोबार शंकास्पद देखिएमा सूचक संस्था वा सम्बन्धित कार्यालयले राष्ट्र बैंकलाई प्रतिवेदन पठाउनुपर्नेछ। यो व्यवस्था प्राकृतिक र कानुनी दुवै प्रकारका व्यक्तिहरूमा लागू हुनेछ।

    नेपाल अहिले एफएटीएफको ग्रे लिस्टमा परेको छ। २ वर्षको म्याद दिइएकोमा अर्थमन्त्री विष्णु पौडेलले सो समय अगावै नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्ने तयारी भइरहेको बताएका छन्। त्यसैको सन्दर्भमा यो कदम चालिएको हो।

    सरकारको यो कडाइले सम्पत्ति शुद्धीकरण नियन्त्रण, कारोबारको पारदर्शिता, राजस्व संकलनको सुनिश्चितता र मालपोत कार्यालयमा हुने भ्रष्टाचार नियन्त्रणमा टेवा पुग्ने विश्वास गरिएको छ।

    In a major step to curb money laundering and increase financial transparency, the Government of Nepal has enforced stricter regulations for buying and selling land and property. From now on, both the buyer and seller must submit their bank statements and KYC forms before the property transaction is approved.

    The Ministry of Land Management, Cooperatives, and Poverty Alleviation implemented this rule under Section 7(n), Sub-section (2) of the Money Laundering Prevention Act, 2008 (2064 BS). Instructions have already been sent to land revenue and land reform offices nationwide to enforce the rule.

    Mandatory Banking for Transactions Above NPR 1 Million

    All land/property transactions over NPR 10 lakh (1 million) must be carried out through formal banking or digital payment systems:

    • Transactions between NPR 1 million to NPR 5 million: must go through banking or digital payment channels.

    • Transactions above NPR 5 million: must be processed directly via digital banking or a "Good for Payment" cheque in the seller’s name.

    Registration and Tax Payments Through Bank Accounts

    • The registration fees and documentation charges must be paid from the buyer’s bank account.

    • The capital gains tax (laphkar) must be deposited from the seller’s bank account into the government's designated revenue account.

    Even if a buyer submits a notarized sale agreement (bainapatra) certified by the local government, it will not be accepted unless a bank statement showing the transfer of funds from the buyer’s account to the seller’s account is also attached.

    If a person (natural or legal entity) buys or sells land/property worth NPR 30 million or more in a single day, whether in one or multiple transactions, it must be reported to Nepal Rastra Bank’s Financial Information Unit (FIU).

    If a real estate transaction seems suspicious, the responsible office or institution must report it to the Financial Information Unit (FIU). The directive applies to both individuals and legal entities.

    Nepal was placed on the FATF Grey List due to weak enforcement of anti-money laundering laws. The FATF has given Nepal two years to make reforms. Finance Minister Bishnu Poudel has committed to getting Nepal off the list before the deadline. This move is part of that commitment.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026