NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Government Tightens Spending, Pushes Good Governance in First 100 Days: PM Karki
    १०० दिनमा खर्च नियन्त्रण र सुशासनमा ठोस सुधार : प्रधानमन्त्री कार्की
    Top
    2 min read
    Published on December 21, 2025
    NEPSE TRADING

    १०० दिनमा खर्च नियन्त्रण र सुशासनमा ठोस सुधार : प्रधानमन्त्री कार्कीGovernment Tightens Spending, Pushes Good Governance in First 100 Days: PM Karki

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की ले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासन सुदृढ गर्ने दिशामा ठोस कदम चालिएको दाबी गरेकी छन्। जेन–जी आन्दोलनपछि गत भदौ २७ गते गठन भएको सरकारको १०० दिन पूरा भएको अवसरमा शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले राज्यको स्रोतसाधनको दुरुपयोग रोक्न प्राथमिकताका साथ काम गरिएको बताइन्।

    प्रधानमन्त्री कार्कीका अनुसार पदमा रहँदा वा अवकाशपछि पनि मापदण्डविपरीत लिइँदै आएका अनधिकृत तथा अवाञ्छित सुविधा कटौती गरिएको छ। यसबाट जनताले तिरेको कर जोगिनुका साथै राज्यको खर्चभार घटेको उनको भनाइ छ। उनका अनुसार मापदण्डविपरीत खटिएका ५०० सुरक्षाकर्मी र सवारी साधन फिर्ता गरी जनताको सेवामा परिचालन गरिएको छ भने अनावश्यक ३८ वटा कार्यालय खारेज र ३२३ दरबन्दी कटौती गरिएको छ।

    सरकारले एक खर्ब १९ अर्ब रुपैयाँ बराबरको बजेट पुनः प्राथमिकीकरण गरी ठूला विकास आयोजनामा स्थानान्तरण गरेको प्रधानमन्त्री कार्कीले बताइन्। साथै थलिएका व्यवसायीलाई लक्षित गर्दै ‘एकीकृत व्यावसायिक पुनरुत्थान योजना’ कार्यान्वयनमा ल्याइएको जानकारी दिइन्।

    उनले ‘हेलो सरकार’मार्फत ५० हजारभन्दा बढी जनगुनासा सम्बोधन गरिएको, काठमाडौंमा दैनिक २० करोड लिटर मेलम्चीको पानी सुनिश्चित गरिएको र राष्ट्रिय प्रसारण लाइनमा थप १०१ मेगावाट विद्युत जोडिएको पनि उल्लेख गरिन्।

    जेन–जी आन्दोलनबारे उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले त्यसले समाजमा पैदा गरेको असन्तोष र आक्रोशलाई सरकारले गम्भीर रूपमा लिएको बताइन्। लोकतन्त्रको सौन्दर्य संवाद र जनमतमार्फत समाधान खोज्नु रहेको भन्दै उनले हिंसाको बाटोबाट होइन, मतपत्रमार्फत निकास खोज्नुपर्नेमा जोड दिइन्।

    निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री कार्कीले सरकारले आफ्नोतर्फबाट सम्पूर्ण तयारी पूरा गरिसकेको बताइन्। ‘एकीकृत निर्वाचन सुरक्षा योजना’ स्वीकृत भइसकेको र नेपाली सेनाको परिचालनसमेत सुनिश्चित गरिएको उनले जानकारी दिइन्। आन्दोलनका क्रममा लुटिएका १ हजार ३४२ हतियारमध्ये अधिकांश बरामद भइसकेको र क्षतिग्रस्त ४६५ प्रहरी कार्यालय पुनः सञ्चालनमा आएको पनि उनले बताइन्।

    प्रधानमन्त्री कार्कीका अनुसार निर्वाचन आयोगका लागि ६ अर्ब ७३ करोड रुपैयाँ बजेट सुनिश्चित गरिएको छ। मतदाता नामावली ऐन संशोधन गरी निर्वाचन मिति घोषणापछि पनि ८ लाख ३७ हजार नयाँ युवालाई मताधिकार सुनिश्चित गरिएको उनले बताइन्।

    फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई देशलाई स्थिरता दिने एक मात्र वैधानिक मार्गको संज्ञा दिँदै प्रधानमन्त्री कार्कीले चुनाव सार्ने वा रोक्ने हल्ला निराधार रहेको स्पष्ट पारिन्। निष्पक्ष, भयरहित र समयमै निर्वाचन सम्पन्न गर्न सरकार दृढ रहेको उनको भनाइ थियो।

    भ्रष्टाचार र अपराधका विषयमा प्रधानमन्त्री कार्कीले अनुसन्धान निकायले हाल पूर्ण व्यावसायिक स्वतन्त्रताका साथ काम गरिरहेको र कानुन सबैका लागि समान हुने मान्यता स्थापित भएको बताइन्। जेन–जी आन्दोलनको भावनाअनुसार सरकारले सुशासन र निर्वाचनलाई नै मुख्य लक्ष्य बनाएको उनको भनाइ छ।

    आगामी निर्वाचनलाई राष्ट्रिय एकताको आधारमा परिवर्तनको ढोका खोल्ने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री कार्कीले मतपत्रमार्फत आवाज व्यक्त गर्न विशेषगरी युवालाई आह्वान गरिन्। निर्वाचनले नेपालको राजनीतिमा नयाँ, स्वच्छ र सुनौलो अध्यायको सुरुवात गर्ने विश्वास पनि उनले व्यक्त गरिन्।

    Kathmandu. Prime Minister Sushila Karki has said that the government has taken concrete steps to curb unnecessary expenditure and strengthen financial discipline during its first 100 days in office.

    Addressing the nation on Friday to mark 100 days of the government formed on September 27 following the Gen-Z movement, Prime Minister Karki said unauthorized and unwarranted state facilities enjoyed by individuals both in office and after retirement have been withdrawn, helping safeguard taxpayers’ money.

    According to the prime minister, 500 security personnel and government vehicles deployed in violation of established standards have been recalled and reassigned to public service. She said 38 unnecessary offices have been scrapped and 323 sanctioned posts abolished, significantly reducing the state’s financial burden.

    Prime Minister Karki also said NPR 119 billion in budget allocations has been reprioritized and redirected toward large-scale development projects. In addition, an “Integrated Business Revival Plan” has been implemented to support struggling entrepreneurs and revive economic activity.

    She noted that more than 50,000 public grievances have been addressed through the ‘Hello Government’ platform. Daily water supply of 200 million liters from the Melamchi project has been ensured in Kathmandu, while an additional 101 megawatts of electricity has been connected to the national transmission grid.

    Reflecting on the Gen-Z movement, Prime Minister Karki said the unrest and anger seen on the streets carried an important message that the government has taken seriously. She stressed that the strength of a vibrant democracy lies in resolving crises through dialogue and the ballot box, not through violence.

    On election preparedness, the prime minister said the government has completed all necessary arrangements. An Integrated Election Security Plan has already been approved, and deployment of the Nepal Army has been ensured. She added that most of the 1,342 weapons looted during the unrest have been recovered, along with an additional 32 firearms, and 465 damaged police offices have been brought back into operation.

    Prime Minister Karki said NPR 6.73 billion has been secured for the Election Commission, and amendments to the voter registration law have ensured voting rights for an additional 837,000 young voters even after the election date announcement.

    Calling the House of Representatives election scheduled for February 21 (Falgun 21) a decisive path toward national stability, she dismissed rumors of postponement or cancellation as baseless. The government, she said, is firmly committed to holding free, fair, and fear-free elections on time.

    She emphasized that elections are not about victory or defeat for political parties, but about strengthening democracy, good governance, and a corruption-free society. Urging young voters in particular, Prime Minister Karki called on them to express their aspirations through the ballot.

    Recalling the difficult situation the country faced 100 days ago, Prime Minister Karki credited her cabinet, security agencies, civil servants, and civil society for their tireless efforts to restore normalcy. She added that investigative agencies are now operating with full professional independence, reinforcing the principle that no individual—regardless of power or position—is above the law.

    Concluding her address, Prime Minister Karki said the government has made good governance and timely elections its core focus in line with the spirit of the Gen-Z movement. She expressed confidence that the upcoming election would mark the beginning of a new, cleaner, and more stable chapter in Nepal’s political history.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026