
Top
1 min read
NEPSE TRADING
नागरिक एपबाट सरकारी सेवाहरू उपलब्ध गराउने तयारी अन्तिम चरणमा, डिजिटल सुशासन सुदृढ हुनेGovernment to Launch Major Online Services via Nagarik App, Move Toward Stronger Digital Governance
सरकारले डिजिटल सुशासनलाई सुदृढ बनाउने उद्देश्यसहित नागरिक सेवाहरूलाई अनलाइनमार्फत उपलब्ध गराउने अभियानलाई तीव्र बनाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार निजामती कर्मचारीको व्यक्तिगत विवरण, लोक सेवा आयोगका परीक्षार्थीको प्रवेशपत्र तथा वैदेशिक अध्ययनका लागि आवश्यक नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) अब नागरिक एपबाटै उपलब्ध गराउने तयारी अन्तिम चरणमा पुगेको छ । सूचना प्रविधि विभागका अनुसार हाल प्रणाली परीक्षणको चरणमा रहेको र एक हप्ताभित्र पूर्ण रूपमा कार्यान्वयनमा आउने अपेक्षा गरिएको छ। साथै, नेपाल इन्जिनियरिङ परिषद्सँगको सहकार्यमा इन्जिनियरहरूको प्रमाणपत्र पनि एपमार्फत उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको छ । यसअघि नै प्रहरी चारित्रिक प्रमाणपत्र सेवा सञ्चालनमा आइसकेको छ, जसले नागरिक एपलाई ‘वन–स्टप डिजिटल सेवा प्लेटफर्म’ बनाउने सरकारको योजनालाई थप बल पुगेको छ ।
The government has intensified its plan to strengthen digital governance by expanding online public services through the Nagarik App. According to the Ministry of Communication and Information Technology, key services such as civil servants’ personal records, examination admit cards for Public Service Commission candidates, and No Objection Certificates (NOC) for foreign study are being prepared to be made available via the app. The Department of Information Technology stated that the system is currently in the testing phase and is expected to be fully implemented within a week. In addition, in coordination with the Nepal Engineering Council, processes are underway to provide engineers’ certificates through the app as well. With services like police clearance certificates already available, the government aims to transform the Nagarik App into a comprehensive “one-stop digital service platform.”




