
‘मेक इन नेपाल, मेड इन नेपाल’ अभियान सञ्चालन हुने, स्वदेशी उत्पादन र उद्योग प्रवर्द्धनमा जोडGovernment to Launch ‘Make in Nepal, Made in Nepal’ Campaign to Promote Domestic Production and Industry
सरकारले ‘मेक इन नेपाल, मेड इन नेपाल’ अभियान सञ्चालन गर्ने घोषणा गरेको छ।
आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वदेशी उत्पादन, नेपाली उद्योग र आत्मनिर्भर अर्थतन्त्र प्रवर्द्धन गर्न निजी क्षेत्रसँगको सहकार्यमा यो अभियान अघि बढाइने जानकारी दिएका हुन्।
बजेट वक्तव्यमा अर्थमन्त्री पौडेलले “देशमै उत्पादन, देशमै रोजगारी” को अवधारणा कार्यान्वयन गर्दै आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनलाई प्राथमिकता दिने स्पष्ट पारेका छन्।
सरकारले यस अभियानमार्फत स्थानीय उद्योगको उत्पादन क्षमता वृद्धि, नेपाली ब्रान्डको सशक्तिकरण, र स्वदेशी उत्पादनप्रति आम उपभोक्ताको आकर्षण बढाउने लक्ष्य राखेको छ।
Kathmandu, May 29 – The Government of Nepal has announced the launch of the ‘Make in Nepal, Made in Nepal’ campaign to promote domestic production and Nepali industries.
Presenting the budget for the fiscal year 2082/83 in the Federal Parliament on Thursday, Deputy Prime Minister and Finance Minister Bishnu Prasad Paudel said the campaign will be advanced in collaboration with the private sector to strengthen the local economy.
In his budget speech, Minister Paudel emphasized the implementation of the concept of “Produce in Nepal, Employ in Nepal”, with a focus on import substitution and export promotion.
The government aims to use this campaign to enhance the production capacity of local industries, strengthen Nepali brands, and encourage consumers to support domestically made goods.




