NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Government to Make NEPSE Restructuring Report Public, Major Changes Proposed in Ownership ...
    सरकारद्वारा नेप्से पुनर्संरचना प्रतिवेदन सार्वजनिक गर्ने निर्णय, स्वामित्व र व्यवस्थापनमा ठूला सुधार प्रस्ताव
    Investor
    3 min read
    Published on January 31, 2026
    NEPSE TRADING

    सरकारद्वारा नेप्से पुनर्संरचना प्रतिवेदन सार्वजनिक गर्ने निर्णय, स्वामित्व र व्यवस्थापनमा ठूला सुधार प्रस्तावGovernment to Make NEPSE Restructuring Report Public, Major Changes Proposed in Ownership and Governance

    सरकारले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को पुनर्संरचनासम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उच्चस्तरीय सुझाव समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको हो। यस निर्णयसँगै नेप्सेको संरचनागत सुधार र दीर्घकालीन रूपान्तरणको बहस औपचारिक रूपमा सार्वजनिक भएको छ।

    नेप्सेको पुनर्संरचना गर्न आवश्यक अध्ययन गरी सुझाव पेस गर्न गत मंसिर २ गते मन्त्रिपरिषद् बैठकले प्रकाशजंग थापाको संयोजकत्वमा उच्चस्तरीय अध्ययन समिति गठन गरेको थियो। समितिले पाएको ५० दिने समयसीमाभित्र नेप्सेको वर्तमान अवस्था, चुनौती र सुधारका सम्भावित मार्गबारे अध्ययन गरी प्रतिवेदन तयार गरेको हो।

    समितिले तयार पारेको प्रतिवेदन तीन साताअघि नै अर्थ मन्त्रालयमा बुझाइसकिएको थियो। प्रतिवेदनमा नेप्सेलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउन तत्काल, मध्यकालीन र दीर्घकालीन रूपमा कार्यान्वयन गर्न सकिने विभिन्न विकल्पहरू प्रस्तुत गरिएको छ। अध्ययनले नेप्सेको वर्तमान संरचना, स्वामित्व, पूँजी संरचना, व्यवस्थापन प्रणाली र प्रविधिगत पक्षमा व्यापक सुधार आवश्यक रहेको निष्कर्ष निकालेको छ।

    पूँजी वृद्धि र स्वामित्व संरचनामा आमूल परिवर्तनको प्रस्ताव

    प्रतिवेदनको मुख्य सुझावमध्ये नेप्सेको हालको १ अर्ब रुपैयाँ चुक्ता पूँजी बढाएर ३ अर्ब रुपैयाँ पुर्‍याउनु प्रमुख रहेको छ। यसका लागि सर्वसाधारणलाई ३० प्रतिशत सेयर आईपीओमार्फत निष्कासन गर्ने, विदेशी रणनीतिक साझेदार भित्र्याउने तथा स्वदेशी संस्थागत लगानीकर्ताबाट थप पूँजी जुटाउने विकल्प अघि सारिएको छ।

    समितिले भारत, पाकिस्तान र बंगलादेशमा अपनाइएका सेयर बजार पुनर्संरचना मोडललाई नेपालमा पनि सन्दर्भअनुसार लागू गर्न सकिने उल्लेख गरेको छ। हाल नेप्सेमा नेपाल सरकारको ५८.६६ प्रतिशत सेयर स्वामित्व रहेको छ भने राष्ट्रिय वाणिज्य बैंक, कर्मचारी सञ्चय कोष, नेपाल राष्ट्र बैंक, लक्ष्मी सनराइज बैंक, प्रभु बैंक तथा धितोपत्र ब्रोकरहरूको पनि सेयर स्वामित्व छ।

    हालको सञ्चालक समिति विघटन गरी नयाँ विज्ञ समिति गठनको सुझाव

    नेप्से पुनर्संरचनाको पहिलो चरणका रूपमा हालको सञ्चालक समिति विघटन गरी सेयरधनी संस्थाबाट विज्ञहरूको सहभागितामा नयाँ सञ्चालक समिति गठन गर्नुपर्ने स्पष्ट सुझाव प्रतिवेदनमा दिइएको छ। नेप्सेलाई सरकारी नियन्त्रणमुखी संस्थाबाट व्यावसायिक, प्रतिस्पर्धी र प्रविधिमैत्री संस्थामा रूपान्तरण गर्न यस्तो संरचनागत परिवर्तन अपरिहार्य रहेको समितिको ठहर छ।

    यसका साथै, जनशक्ति क्षमता अभिवृद्धि, निर्णय प्रक्रिया छरितो बनाउने, संस्थागत सुशासन सुदृढ गर्ने र व्यवस्थापनमा पेशागत दक्षता बढाउनुपर्ने सिफारिस पनि प्रतिवेदनमा समेटिएको छ।

    सरकारको सेयर स्वामित्व घटाउने वा पूर्ण बिक्री गर्ने विकल्प

    समितिले सरकारको सेयर स्वामित्व परिवर्तनका लागि दुई विकल्प प्रस्ताव गरेको छ। पहिलो विकल्पअनुसार सरकारले २५ प्रतिशत सेयर स्वामित्व राखी बाँकी सेयर बिक्री गर्ने व्यवस्था गर्न सकिने उल्लेख छ। दोस्रो विकल्पमा भने सरकारले आफ्नो शतप्रतिशत सेयर बिक्री गर्न सक्ने प्रस्ताव गरिएको छ।

    सरकारको सेयर बिक्री ‘ओपन बिड’ प्रक्रियाबाट गर्नुपर्ने र त्यसअघि नेप्सेको ड्यू डिलिजेन्स अडिट गरी यथार्थ मूल्य निर्धारण गर्नुपर्ने सुझाव दिइएको छ। साथै, सरकारको सेयर स्वामित्वमध्ये १५ देखि २५ प्रतिशतसम्म रणनीतिक साझेदारलाई दिन सकिने र कुनै पनि स्थानीय संस्थालाई ५ प्रतिशतभन्दा बढी सेयर स्वामित्व नदिने सिफारिस गरिएको छ। स्थानीय संस्थामध्ये वाणिज्य बैंकलाई पहिलो प्राथमिकता दिनुपर्ने समितिको धारणा छ।

    अब कार्यान्वयनको दिशा कता?

    नेप्से पुनर्संरचनाका लागि गत मंसिर ३ गते गठन गरिएको समितिको संयोजक नेपाल लेखामान बोर्डका पूर्वअध्यक्ष प्रकाशजंग थापा हुन्। समितिमा नेप्से, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र अर्थ मन्त्रालयका प्रतिनिधि तथा विज्ञ सदस्यहरू सहभागी रहेका छन्।

    प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णयसँगै अब कुन विकल्पलाई प्राथमिकतामा राखेर नेप्सेको पुनर्संरचना प्रक्रिया अघि बढाइन्छ भन्ने विषय लगानीकर्ता, सेयर बजारका सहभागी र नीतिनिर्माताहरूका लागि चासोको केन्द्र बनेको छ। नेप्सेको भावी संरचनाले नेपाली पुँजी बजारको विश्वसनीयता, पारदर्शिता र प्रतिस्पर्धात्मक क्षमतामा निर्णायक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

    The government has decided to make public the restructuring report of Nepal Stock Exchange Limited (NEPSE). A meeting of the Council of Ministers held on Thursday approved the decision to release the report prepared by the high-level recommendation committee. The move has brought the long-discussed reform of the country’s only stock exchange into the public domain, drawing renewed attention from investors and market stakeholders.

    The decision follows the formation of a study committee on December 2, mandated to assess the existing structure of Nepal Stock Exchange Limited and propose reform measures. The committee, led by former Nepal Accounting Board chairperson Prakash Jung Thapa, was given a 50-day timeline to conduct the study and submit recommendations. The report was submitted to the Ministry of Finance nearly three weeks ago.

    According to the report, NEPSE requires comprehensive reform to function as a modern, efficient, and competitive market institution. The committee has proposed short-term, medium-term, and long-term reform options, concluding that the current structure—covering ownership, capital base, management practices, and technological capacity—is no longer adequate to meet the growing demands of Nepal’s capital market.

    Capital Expansion and Ownership Restructuring Proposed

    One of the key recommendations of the report is to increase NEPSE’s paid-up capital from the existing Rs 1 billion to Rs 3 billion. To achieve this, the committee has suggested issuing 30 percent of shares to the general public through an initial public offering (IPO), bringing in a foreign strategic partner, and mobilizing additional capital from domestic institutional investors.

    The report notes that restructuring models adopted by countries such as India, Pakistan, and Bangladesh could be adapted to Nepal’s context. At present, the Government of Nepal holds a 58.66 percent stake in NEPSE, followed by Rastriya Banijya Bank, Employees Provident Fund, Nepal Rastra Bank, Laxmi Sunrise Bank, Prabhu Bank, and a small share held by securities brokers.

    Recommendation to Dissolve Current Board

    As a first step toward restructuring, the committee has recommended dissolving the existing board of directors and forming a new board composed of professional experts nominated by shareholder institutions. The report argues that transforming NEPSE from a government-controlled entity into a commercially driven, technology-oriented, and competitive institution requires fundamental changes in governance.

    The committee has also emphasized the need to strengthen human resource capacity, streamline decision-making processes, and reinforce institutional governance. Without such reforms, the report warns, NEPSE will struggle to keep pace with market growth and technological advancements.

    Two Options for Government Shareholding

    The committee has proposed two alternatives regarding the government’s shareholding in NEPSE. Under the first option, the government would retain a 25 percent stake while selling the remaining shares. The second option allows for the complete divestment of government ownership. In both cases, the report recommends selling shares through an open bidding process, preceded by a due diligence audit and proper valuation of the exchange.

    Additionally, the report suggests allocating 15 to 25 percent of shares to a strategic partner while limiting ownership of any domestic institution to a maximum of 5 percent. Among local institutions, commercial banks have been identified as the preferred investors due to their financial strength and market experience.

    Focus Shifts to Implementation

    The restructuring committee includes representatives from NEPSE, Nepal Rastra Bank, the Securities Board of Nepal, and the Ministry of Finance, along with independent experts. With the Cabinet’s decision to make the report public, attention has now shifted to how the government will prioritize and implement the recommendations.

    Market participants believe that the direction chosen by the government will have a long-term impact on transparency, efficiency, and credibility of Nepal’s capital market. As investors await clarity on implementation, the restructuring of NEPSE is increasingly seen as a critical step toward modernizing the country’s financial ecosystem and restoring confidence in the stock market.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026