
स्टार्टअप व्यवसायलाई ३ प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा, ७३ करोड बजेट विनियोजनGovernment to Provide Concessional Loans to Startups at 3% Interest Rate, NPR 730 Million Allocated
सरकारले स्टार्टअप व्यवसायलाई प्रोत्साहन गर्न ३ प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस योजनाको घोषणा गरेका हुन्।
उनका अनुसार, स्टार्टअप उद्यमहरूको प्रवर्द्धनका लागि सरकारले ७३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। उक्त कर्जा नवप्रवर्तन (innovation) मा आधारित व्यवसायका लागि हुनेछ।
अर्थमन्त्री पौडेलले जेन-जी पुस्तालाई लक्षित गर्दै, नयाँ सोच र प्रविधिमा आधारित स्टार्टअपहरूलाई प्राथमिकता दिने स्पष्ट पारे। यो कार्यक्रमबाट युवाहरूलाई स्वरोजगारको अवसर सृजना गर्नुका साथै आर्थिक रूपान्तरणमा योगदान पुग्ने विश्वास गरिएको छ।
The Government of Nepal has announced a program to provide concessional loans to startup businesses at an interest rate of just 3%. The announcement was made by Finance Minister Bishnu Prasad Paudel while presenting the budget for the fiscal year 2082/83.
To support this initiative, the government has allocated NPR 730 million (73 crore). The concessional loans will be targeted toward innovation-driven startups.
Finance Minister Paudel further stated that startups led by the Gen-Z generation and based on new ideas and technologies will be given special priority. The program is expected to create self-employment opportunities for youth and contribute to Nepal’s broader economic transformation.




