NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Government to Raise Nearly Rs 20 Billion Through Treasury Bills
    सरकारले झण्डै २० अर्ब आन्तरिक ऋण उठाउने
    Investor
    1 min read
    Published on November 10, 2025
    NEPSE TRADING

    सरकारले झण्डै २० अर्ब आन्तरिक ऋण उठाउनेGovernment to Raise Nearly Rs 20 Billion Through Treasury Bills

    नेपाल सरकारले झण्डै २० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सोमबार ट्रेजरी बिलको बोलकबोलमार्फत कुल १९ अर्ब ८५ करोड ५० लाख रुपैयाँ बराबरको ऋण संकलन गर्न लागिएको हो।

    यस अन्तर्गत ५ अर्ब रुपैयाँको नयाँ ट्रेजरी बिल जारी हुने र १४ अर्ब ८५ करोड ५० लाख रुपैयाँ बराबरको नवीकरण गरिनेछ। यी ऋणपत्रहरू १८२ दिन र ३६४ दिन अवधिका हुने जनाइएको छ। बोलकबोल सोमबार दिउँसो २ बजेसम्म खुला रहनेछ भने मंगलबार ट्रेजरी बिल जारी गरिनेछ।

    हाल बैंक तथा वित्तीय संस्थाहरूमा पर्याप्त तरलता भएकाले ट्रेजरी बिल खरिदमा उच्च प्रतिस्पर्धा देखिएको छ। मागभन्दा धेरै आवेदन पर्ने भएकाले डिस्काउन्ट रेट २.७५ प्रतिशतभन्दा तल झरेको छ। पछिल्लो बोलकबोलमा ९१ दिने ट्रेजरी बिलको औसत ब्याजदर २.३६ प्रतिशत र १८२ दिने बिलको १.६१ प्रतिशत निर्धारण भएको थियो।

    बैंकहरूबीच बढ्दो प्रतिस्पर्धाका कारण ट्रेजरी बिलको ब्याजदर क्रमशः घट्दै गएको छ। हाल जारी बिलहरूको खरिदका लागि झण्डै ७ गुणा बढी माग परेको पनि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ।

    विशेषज्ञहरूका अनुसार अन्य क्षेत्रमा लगानी विस्तार हुन नसक्दा बैंकहरूले सरकारी ऋणपत्रहरूमा लगानी गरेर अल्पकालीन आम्दानी खोजिरहेका छन्, जसका कारण बजारमा अल्पकालीन ब्याजदर पनि घट्दै गएको देखिएको छ।

    ट्रेजरी बिल सरकारद्वारा एक वर्ष वा त्यसभन्दा कम अवधिको आन्तरिक ऋणका लागि जारी गरिने अल्पकालीन ऋणपत्र हो। यसका चार प्रकार — २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने — रहेका छन्।

    The Government of Nepal is set to raise nearly Rs 19.85 billion in internal loans through the auction of Treasury Bills, according to the Public Debt Management Office.

    Out of the total amount, Rs 5 billion worth of new Treasury Bills will be issued, while Rs 14.85 billion worth of existing bills will be renewed. The instruments will have maturities of 182 days and 364 days. The auction will remain open until 2 PM on Monday, and the bills will be issued on Tuesday.

    Due to the abundance of liquidity in the banking system, demand for Treasury Bills has been very high, resulting in a decline in discount rates below 2.75 percent. In the previous auction, the weighted average interest rate for 91-day bills was 2.36 percent, while for 182-day bills it was 1.61 percent.

    High competition among banks has continued to push discount rates downward. The latest Treasury Bill auctions saw demand nearly seven times higher than the available supply, according to the Public Debt Management Office.

    Experts note that, since credit expansion in other sectors remains limited, banks are investing in government securities to earn short-term returns. This has also contributed to a decline in short-term interest rates in the market.

    Treasury Bills are short-term government securities issued to raise internal loans with a maturity period of one year or less, typically available in 28-day, 91-day, 182-day, and 364-day tenures.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026