
लगानी बोर्डमार्फत ७ खर्ब बराबरको परियोजना विकास सम्झौता, ४ खर्बको आयोजना निर्माण सुरु गरिनेGovernment to Sign NPR 700 Billion Worth of Project Development Agreements via Investment Board; Construction of NPR 400 Billion Projects to Begin
काठमाडौं, जेठ १५ – सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ मा लगानी बोर्डमार्फत निजी क्षेत्रसँग ७ खर्ब रुपैयाँ बराबरको परियोजना विकास सम्झौता गर्ने घोषणा गरेको छ।
संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यसै वर्षभित्र ४ खर्ब रुपैयाँ बराबरको आयोजना निर्माणको काम सुरु गरिने जानकारी दिएका हुन्।
यसका लागि सरकारले लगानी बोर्डलाई ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
सरकारको भनाइमा, निजी क्षेत्रको सहभागिता, ठूला पूर्वाधार परियोजनामा लगानीको आकर्षण, र रोजगारी सृजनाको अवसर विस्तार गर्न यस कदमले महत्वपूर्ण भूमिका खेल्नेछ।
बजेटमा सार्वजनिक–निजी साझेदारी (PPP) मोडेललाई प्रभावकारी बनाउने र लगानीमैत्री वातावरण विकास गर्ने नीतिहरूलाई प्राथमिकता दिइएको छ।
Kathmandu, May 29 – The Government of Nepal has announced that it will sign project development agreements worth NPR 700 billion with the private sector through the Investment Board in the upcoming fiscal year 2082/83.
Presenting the federal budget in the joint session of the Parliament, Finance Minister Bishnu Prasad Paudel stated that construction work on projects worth NPR 400 billion will begin within the same fiscal year.
To support this initiative, the government has allocated NPR 740 million for the Investment Board.
This move aims to enhance private sector participation, attract investment in large-scale infrastructure projects, and generate employment opportunities. The budget also emphasizes strengthening the Public-Private Partnership (PPP) model and developing a more investment-friendly environment in Nepal.




