·
सरकारको विवादास्पद निर्णय: कुलमान घिसिङ पदबाट हटाइए
Author
Nepse trading

सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यो निर्णय गरेको एक मन्त्रीले पुष्टि गरेका छन्। लोडसेडिङ अन्त्य गरेर चर्चित बनेका घिसिङको कार्यकालबारे लामो समयदेखि बहस चल्दै आएको थियो।
सरकारले उनको ठाउँमा नयाँ नेतृत्व ल्याउने तयारी गरेको स्रोतले जनाएको छ, तर नयाँ कार्यकारी निर्देशकको नाम भने खुलाइएको छैन। यो निर्णयले ऊर्जा क्षेत्रमा नयाँ तरंग ल्याएको छ। घिसिङलाई हटाउने कदमको समर्थन र विरोधमा आवाज उठ्न थालेका छन्। कतिपयले सरकारको यो कदमलाई राजनीतिकरणको आरोप लगाएका छन् ।