NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Governor Appointment Process Still Uncertain, Recommendation Committee Yet to Meet
    गभर्नर नियुक्ति प्रक्रिया अन्योलमा, सिफारिस समिति अझैसम्म बोलाइएन
    Investor
    1 min read
    Published on May 19, 2025
    NEPSE trading

    गभर्नर नियुक्ति प्रक्रिया अन्योलमा, सिफारिस समिति अझैसम्म बोलाइएनGovernor Appointment Process Still Uncertain, Recommendation Committee Yet to Meet

    नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया अझै अन्योलमै छ। आज साँझ मन्त्रिपरिषद्को बैठकबाट नयाँ गभर्नर नियुक्त हुने अपेक्षा गरिएको भए पनि आवश्यक सिफारिस समितिको बैठकसमेत अझैसम्म तय नभएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ।

    आज साँझ ६ बजेका लागि मन्त्रिपरिषद्को बैठक तय गरिएको छ। सो बैठकले नै राष्ट्र बैंकको नयाँ गभर्नरको नियुक्ति गर्ने सम्भावना रहेको भए पनि त्यसका लागि आवश्यक सिफारिस समिति नबोलाइएकाले प्रक्रिया अनिश्चित देखिएको हो।

    अर्थमन्त्रीको सचिवालयका अनुसार बैठक बोलाउने जिम्मेवारी अर्थमन्त्रीकै भए पनि हालसम्म समिति नबोलाइएको र बैठक बस्ने नबस्ने पनि सुनिश्चित नभएको जानकारी दिइएको छ। सम्भावित व्यक्तिको नाम पनि समितिका सदस्यहरूसँग साझा गरिएको छैन, जसले गर्दा समयमै सहमति जुट्न कठिन हुनसक्ने संकेत देखिएको छ।

    यद्यपि, प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच डा. विश्व पौडेललाई गभर्नर नियुक्त गर्ने सहमति भएको चर्चा राजनीतिक वृत्तमा चलिरहेको छ।

    यसअघि गुणाकर भट्टलाई गभर्नर बनाउने प्रस्ताव अघि बढाइएको थियो। तर, कांग्रेसभित्रै पर्याप्त सहमति नजुटेपछि उनलाई नियुक्त गर्न असहज भएपछि देउवाले पौडेलको नाम अघि सारेका हुन्।

    अब मन्त्रिपरिषद्को बैठकले साँच्चिकै गभर्नरको टुंगो लगाउँछ कि अझै प्रक्रिया लम्बिन्छ, भन्ने कुरा आज साँझ स्पष्ट हुनेछ। अहिलेको स्थितिले गभर्नर नियुक्ति प्रक्रिया राजनीतिक सहमति र व्यवस्थापकीय तयारीबीचको समन्वयको अभाव देखाइरहेको छ।

    Kathmandu – The appointment process for the new Governor of Nepal Rastra Bank remains uncertain as the required meeting of the recommendation committee has yet to be scheduled. Despite expectations that the Cabinet meeting scheduled for 6 PM today would finalize the Governor's appointment, no progress has been made on convening the recommendation committee, according to the Finance Minister’s secretariat.

    The secretariat confirmed that it is still unclear whether the recommendation committee will even meet today. The authority to call the meeting rests with the Finance Minister, but no formal meeting has been initiated, and potential candidates’ names have not yet been shared with the committee members. If consensus is not reached among committee members once a name is proposed, the process could be delayed further.

    There is ongoing speculation that Prime Minister and CPN-UML Chair KP Sharma Oli and Nepali Congress President Sher Bahadur Deuba have reached an agreement to appoint economist Dr. Bishwo Poudel as the next Governor of the central bank.

    Previously, Gunakar Bhatta was reportedly proposed for the role, but internal disagreements within the Nepali Congress prevented his appointment. Subsequently, Deuba is said to have pushed for Dr. Poudel’s name as an alternative.

    It now remains to be seen whether the Cabinet meeting this evening will conclude with the appointment of the new Governor or if further delays will continue due to a lack of coordination between political consensus and procedural readiness.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026