NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Grameen Bikas Laghubitta and Samaj Laghubitta to Begin Joint Operations from Kartik 2 (Oct...
    ग्रामीण विकास र समाज लघुवित्त एकीकृत, कार्तिक २ गतेदेखि संयुक्त कारोबार सुरु हुने
    Investor
    1 min read
    Published on October 14, 2025
    NEPSE TRADING

    ग्रामीण विकास र समाज लघुवित्त एकीकृत, कार्तिक २ गतेदेखि संयुक्त कारोबार सुरु हुनेGrameen Bikas Laghubitta and Samaj Laghubitta to Begin Joint Operations from Kartik 2 (October 19, 2025)

    काठमाडौं, असोज २८ — ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र समाज लघुवित्त वित्तीय संस्था लिमिटेड एकआपसमा गाभिएर संयुक्त रूपमा ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कार्तिक २ गते (तदनुसार १९ अक्टोबर २०२५) देखि एकीकृत वित्तीय कारोबार सुरु गर्ने भएका छन्।

    नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त दुवै संस्थाले छुट्टाछुट्टै वार्षिक साधारणसभाबाट विशेष प्रस्ताव पारित गरी गाभ्ने–गाभिने प्रक्रिया अघि बढाएका थिए। उक्त प्रक्रिया नेपाल राष्ट्र बैंकबाट असोज २३ गते अन्तिम स्वीकृति प्राप्त भएपछि सम्पन्न भएको हो।

    नेपाल सरकारको कम्पनी रजिष्ट्रारको कार्यालयबाट असोज २६ गते मर्जर स्वीकृति प्राप्त भएपछि समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको सम्पूर्ण सम्पत्ति र दायित्व ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडमा मिलान गरिएको छ। अबदेखि संयुक्त कारोबार ग्रामीण विकास लघुवित्तकै नामबाट सञ्चालन हुनेछ।

    गाभिएपछि संयुक्त संस्थाको प्रधान कार्यालय बुटवल उपमहानगरपालिका–१०, रुपन्देहीमा रहनेछ। साथै, कार्तिक १ गते (अक्टोबर १८) का दिन दुवै संस्थाको सम्पूर्ण बैंकिङ कारोबार डेटा माइग्रेशन (Data Migration) कार्यका कारण बन्द रहने र कार्तिक २ गतेबाट मात्रै कारोबार सुरु हुने जनाइएको छ। यसबाट ग्राहक सदस्यलाई असुविधा हुन सक्ने भएकाले संस्थाले क्षमायाचना समेत गरेको छ।

    यसबाहेक, मर्जरपछि शेयर लगत एकीकरण र पुनःसूचीकरण कार्य सम्पन्न नभएसम्मका लागि शेयर कारोबार कार्तिक १ गतेदेखि अस्थायी रूपमा बन्द रहने पनि सूचनामा उल्लेख गरिएको छ।

    Kathmandu, October 14 — Grameen Bikas Laghubitta Bittiya Sanstha Limited and Samaj Laghubitta Bittiya Sanstha Limited have successfully completed their merger process and will commence joint financial operations under the name Grameen Bikas Laghubitta Bittiya Sanstha Limited starting from Kartik 2, 2082 (October 19, 2025).

    Both institutions, licensed as “D” class microfinance institutions by Nepal Rastra Bank (NRB), had approved the merger through separate special resolutions at their respective annual general meetings. The merger received final approval from Nepal Rastra Bank on Ashwin 23, 2082, and the Office of the Company Registrar approved the merger on Ashwin 26, 2082, officially transferring all assets and liabilities of Samaj Laghubitta to Grameen Bikas Laghubitta.

    Following the merger, the registered head office of the integrated institution will remain at Butwal Sub-Metropolitan City–10, Rupandehi.

    The notice also mentions that due to data migration and system integration work, both institutions’ banking services will remain closed on Kartik 1 (October 18, 2025). Regular joint operations will resume from the next day, Kartik 2 (October 19, 2025). The institution has expressed apologies for any inconvenience this may cause to customers and members.

    Additionally, the merged entity has announced that share trading will remain temporarily suspended from Kartik 1 until the completion of share ledger integration and re-listing procedures.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026