दोस्रो वार्षिक साधारण सभा सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मिति: २०८३/०७/१३ गते)
आदरणीय शेयरधनी महानुभावहरु,
यस कम्पनीको मिति २०८३/०७/१० गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार देहायका विषयहरुमा छलफल तथा निर्णय गर्न निम्न लिखित मिति, समय र स्थानमा यस कम्पनीको दोस्रो वार्षिक साधारण सभा बस्ने भएकोले कम्पनी ऐन, २०६३ को दफा ६७ (२) अनुसार सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको व्यहोरा अनुरोध गरिन्छ।
सभा हुने मिति, स्थान र समय:
मिति : २०८३ साल मंसिर ०६ गते (तदनुसार नोभेम्बर २२, २०२६), आइतबार।
स्थान : कम्पनीको रजिष्टर्ड कार्यालय, पोखरा कास्की।
समय : बिहान ११:०० बजे।
छलफलका विषयहरु:
(क) सामान्य प्रस्तावहरु:
- आ.व. २०८२/०८३ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने।
- लेखापरीक्षकको प्रतिवेदन सहितको २०८२/०८३ को वासलात, नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण लगायतका विवरणहरु छलफल गरी पारित गर्ने।
- कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८३/०८४ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक तथा नियुक्तीका शर्त तोक्ने।
- सञ्चालक समितिको तर्फबाट आ.व. २०८२/०८३ मा भए गरेका निर्णयहरु अनुमोदन गर्ने।
(ख) विशेष प्रस्तावहरु:
- धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) जारी गर्ने सम्बन्धमा।
- धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) जारी गर्ने क्रममा नियमनकारी निकाय वा अन्य कारणबाट प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन, थपघट परिवर्तनको निर्देशन भएमा सोही बमोजिम थपघट, परिवर्तन या संशोधन गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने बारे।
- उपयुक्त संस्थासँग मर्जर/प्राप्ति (Merger/ Acquisition) मा जाने सम्बन्धमा।
(ग) विविध ।
सञ्चालक समितिको आज्ञाले
कम्पनी सचिव
साधारण सभा सम्बन्धी जानकारी:




