·

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट

Author

Nepse trading

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट सम्पन्न भएको छ। आइतबार बिहान बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा आईपीओको बाँडफाँट गरिएको हो।कम्पनीले पुस २१ गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपियाँ अंकित दरका १८ लाख ४५ हजार कित्ता सेयर जारी गरेको थियो। तर, आईपीओमा १९ लाख ८ हजार ३३१ जनाले २ करोड ५२ लाख ७ हजार ६९० कित्ताका लागि आवेदन दिएका थिए। बाँडफाँट प्रक्रियामा १ लाख ८४ हजार ५०० जनाले १०-१० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। तर, १७ लाख २३ हजार ९३१ जना लगानीकर्ताको हात खाली भएको छ।

आईपीओ नतिजा लगानीकर्ताले बिक्री प्रबन्धक कुमारी क्यापिटलको वेबसाइट, मेरो सेयर एकाउन्ट, र सीडीएस एन्ड क्लियरिङ लिमिटेडले बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सक्नेछन्। साथै, कम्पनीको आधिकारिक वेबसाइट र शेयरहब एपमार्फत पनि नतिजा हेर्न सकिनेछ।आईपीओमा आवेदन दिने लगानीकर्तामध्ये थोरै मात्र सेयर प्राप्त गरेका कारण बाँडफाँट प्रक्रिया धेरैलाई निराश बनाएको छ।

Related News