·

गार्डियन माइक्रोको विशेष साधारणसभा स्थगित, हकप्रदमा चलखेलको आशंका

Author

NEPSE trading

गार्डियन माइक्रोको विशेष साधारणसभा स्थगित, हकप्रदमा चलखेलको आशंका

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको विशेष साधारणसभा स्थगित भएको छ । नेपाल बीमा प्राधिकरणको निर्देशनपछि कम्पनीले वैशाख ५ गतेका लागि तय भएको सभा स्थगित गरेको हो ।

कम्पनीले १०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्न सभा बोलाएको थियो । गत चैत १८ गते बसेको सञ्चालक समिति बैठकले हकप्रद निष्कासनका लागि सभा आह्वान गर्ने निर्णय गरेको थियो । तर, प्राधिकरणबाट पूर्वस्वीकृति नलिई हकप्रद निष्कासन प्रक्रिया अघि बढाएको भन्दै प्राधिकरणले नियमकानुनी हस्तक्षेप गरेको छ ।

प्राधिकरणले कम्पनीसँग स्पष्टीकरण माग्दा चित्तबुझदो जवाफ नआएपछि मंगलबार पत्रमार्फत सभा स्थगित गर्न निर्देशन दिएको थियो । सभाका लागि कम्पनीले चैत २८ गते बुक क्लोज गरिसकेको छ ।

कम्पनीको हालको चुक्ता पूँजी ७५ करोड रुपैयाँ छ । हकप्रदमार्फत पूँजी १ अर्ब ५० करोड पुर्‍याउने योजना थियो । गत पुसमा कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो, जसपछि पूँजी ७५ करोड पुगेको हो ।

माघ २७ देखि शेयर कारोबार सुरु भएको कम्पनीको शेयर मूल्य वैशाख २ गतेसम्म २,७७८ रुपैयाँसम्म पुगेको थियो । यही बीचमा हकप्रदलाई लिएर लगानीकर्ताले चलखेल गरेको आरोपसमेत लागेको छ ।

प्राधिकरणको यो कदमले कम्पनीको हकप्रद निष्कासन प्रक्रियामा थप अनिश्चितता थपिएको छ ।

Related News