
Top
1 min read
NEPSE TRADING
गुराँस लघुवित्तको नाफामा उल्लेखनीय सुधारGurans Laghubitta Reports Strong Profit Growth
काठमाडौँ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४८.७४ प्रतिशतले बढी हो । गत वर्ष सोही अवधिमा संस्थाले २ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको थियो । समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ४९.५७ प्रतिशतले वृद्धि भई १३ करोड ३४ लाख रुपैयाँ पुगेको छ। सञ्चालन मुनाफा ५ करोड ५३ लाख रुपैयाँ रहेको छ भने खुद शुल्क तथा कमिशन आम्दानी ९ लाख २२ हजार रुपैयाँ रहेको छ । संस्थाको रिजर्भ ३४.३७ प्रतिशतले बढेर ५ करोड ९१ लाख रुपैयाँ पुगेको छ र रिटेन्ड अर्निङ ३ करोड २१ लाख रुपैयाँ पुगेको छ। निक्षेप संकलन ५८ करोड ४७ लाख र कर्जा प्रवाह २ अर्ब १७ करोड रुपैयाँ रहेको छ। वितरणयोग्य मुनाफा ३ करोड २१ लाख रुपैयाँ तथा लाभांश क्षमता ३०.३९ प्रतिशत रहेको छ । यद्यपि, खराब कर्जा अनुपात ३.०१ प्रतिशतबाट बढेर ३.४१ प्रतिशत पुगेको छ। संस्थाको प्रतिसेयर आम्दानी ४०.६२ रुपैयाँ, नेटवर्थ १६८.९१ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्ति मूल्य १,७८७.८९ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४४.३१ गुणा र तरलता अनुपात ८.०३ प्रतिशत रहेको छ ।
Kathmandu: Gurans Laghubitta Bittiya Sanstha Limited has reported a net profit of NPR 40.3 million by the end of the third quarter of the current fiscal year, marking a 48.74% increase compared to the same period last year when it earned NPR 27.1 million. During the review period, the company’s net interest income rose by 49.57% to NPR 133.4 million. Operating profit stood at NPR 55.3 million, while net fee and commission income reached NPR 922 thousand. The company’s reserve increased by 34.37% to NPR 59.1 million, and retained earnings grew to NPR 32.1 million. Total deposits amounted to NPR 584.7 million, with loan disbursements reaching NPR 2.17 billion. Distributable profit stood at NPR 32.1 million, with a dividend capacity of 30.39%. However, the non-performing loan ratio slightly increased from 3.01% to 3.41%. Key indicators show earnings per share (EPS) at NPR 40.62, net worth per share at NPR 168.91, total asset value per share at NPR 1,787.89, price-earnings ratio at 44.31 times, and liquidity ratio at 8.03%.




